नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरङ्कुशताका विरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्य घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सामाजिक न्याय तथा समानताको पक्षमा क्रियाशील हुन सबै पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले अहिले कम्युनिट आन्दोलनलाई कमजोर बनाउन कम्युनिष्ट नामका दलहरु सक्रिय रहेकाले शुद्ध आचरणका साथ जनताका समस्यालाई केन्द्रमा राखेर यथार्थपरक सूचना प्रवाह गर्न सुझाव दिनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले समाजमा हुने कुनै पनि घटनाक्रम तथा विषयवस्तुलाई जनतासमक्ष पु¥याउन सङ्गठित प्रेसको खाँचो रहेको उल्लेख गर्दै मुलुकको राजनीति, शान्ति प्रक्रिया, वैदेशिक सम्बन्धका समाचार सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
यो पनि – मुख्यमन्त्री पोखरेलको निर्देशन
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुरुस्त र दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले सरकारी सेवा तथा सुविधाबाट नागरिकलाई बञ्चित नगराउन र सरकारलाई सहयोग गर्न पनि सुझाव दिनुभयो ।
मन्त्री पोखरेलले लमजुङमा रहेका बाढीपहिरापीडित, भूकम्पपीडितका समस्यालगायत जीर्ण बन्दै गएको सडक, बाटो, खानेपानी समस्या, कोरोना सङ्क्रमण न्यूनीकरण र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले प्राथमिकथा दिने बताउनुभयो ।
प्रदेशकै जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लाको समस्या समाधान गर्न लागिपर्नेमा जोड दिनुभयोे । जिल्लामा निर्माणाधीन रहेको पिसिआर भवनका लागि करिब रु ५० लाख आवश्यक रहेको र यसका लागि प्रदेश सकारले सहयोग गर्न स्वास्थ्य कार्यालयका प्रमुख अमर दबाडीले मुख्यमन्त्रीसँग अनुरोध गर्नुभयो । कार्यक्रममा प्रदेशका बिनाविभागीय मन्त्री टोबाटे विक, प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलगायत जिल्लाका सरकारी कार्यालय प्रमुख तथा कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।



प्रतिक्रिया