कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले जनताको आशा र भरोसाको पार्टी कांग्रेस मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा जिल्ला कार्यसमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व मिरा अधिकारी लामाको २२औँ पुण्य तिथिमा आयोजित श्रद्वाञ्जलीसभामा नेता पौडेलले जनताको भरोसाको पार्टी बनाउन आशन्न महाधिवेशनले ठूलो भूमिका खेल्ने बताउनुभयो । उहाँले आगामी १४औँ महाधिवेशनले सही नेतृत्व चुन्नेमा आफू ढुक्क रहेको बताउनुभयो । देशलाई रूपान्तरण गर्नुपर्ने आवयश्कता रहेको बताउनुभयो । स्व लामा एक विकास प्रेमी, सुशासन प्रेमी र लोकतन्त्रको हिमायती महिला भएको पौडेलले बताउनुभयो ।

सो अवसरमा पार्टी जिल्ला सभापति एवम लामाकी श्रीमान् विकास लामा, कांग्रेस क्षेत्रीय सभापति आइतमान तामाङक, ईन्द्रावती गाउपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङलगायतले स्वर्गिय लामाले महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य योगदान दिएको बताउनुभयो । उहाँको नाममा स्मृती भवन स्थापना गर्ने सो अवसरमा घोषणा गरिएको थियो ।

यो पनि – अर्थमन्त्री शर्माद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

अर्थमन्त्री जनार्दन शर्माले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ ।

पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माण भइरहेको विमानस्थलको आज निरीक्षण गर्दै उहाँले हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुभएको हो । विमानस्थल आयोजनाका उपप्रबन्धक कृष्णप्रसाद पौडेलले अर्थमन्त्री शर्मालाई हालसम्मको प्रगति, काममा देखिएका समस्या र सरकारका तर्फबाट गर्नुपर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो । आयोजना उपप्रबन्धक पौडेलले हालसम्म विमानस्थलको ८७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनुभएको थियो ।

विमानस्थलको दक्षिणतर्फ अवस्थित रिठेपानी डाँडा कटान, ल्याण्डफिल साइट स्थानान्तरण, पहिरो व्यवस्थापन र बर्खाको भल पानी नियन्त्रण आयोजनाका प्रमुख समस्या रहेको बताउँदै प्रबन्धक पौडेलले सरकारले समस्या समाधानमा सहयोग गर्नुपर्ने बताउनुभयो । नहरका माध्यमबाट वर्खाको भल निकासका लागि रु ३८ करोड लागत अनुमान गरिएकामा बजेट अभावले काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

सो अवसरमा अर्थमन्त्री शर्माले आयोजनाको बाँकी काम सम्पन्न गर्नका लागि बजेटको अभाव हुन नदिने र विमानस्थल सञ्चालनमा बाधा पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय गौरवका रुपमा रहेको आयोजनालाई छिटो सम्पन्न गर्नका लागि सरकारका तर्फबाट आवश्यक काम गरिने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट अभावका कारण एयरपोर्ट सञ्चालनमा बाधा पुग्न दिइने छैन । अन्य मन्त्रालयसँग समन्वय गरेर समस्या समाधान गरिनेछ ।” पूर्ववत् सम्झौता अनुसार गत साउनमा सम्पन्न हुनुपर्ने विमानस्थलको काम कोरोना महामारीका कारण निर्धारित समयमा पूरा नभएपछि एक वर्ष म्याद थप गरिएको छ ।

विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग(रनवे) गत वर्ष नै सम्पन्न भएको थियो । टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गरलगायत १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर साजसज्जा र विद्युत् तथा उपकरण जडान कार्य भइरहेको आयोजनाको आर्थिक प्रशासनका वरिष्ठ अधिकृत सविन फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलको ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायत काम सम्पन्न भएको छ । निर्माणाधीन विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । रु २२ अर्बको लगानीमा चीनको सिएएमसी इञ्जिनीरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ । विमानस्थलका लागि २०३१ सालमा छिनेडाँडाको तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो ।