भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मानन्धर

भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मानन्धर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवप्रसाद मानन्धर चयन हुनुभएको छ । सङ्घ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा रोशनीमैया धौबन्जार, उपाध्यक्ष (साधारण)तर्फ कृष्णमुरारी न्यौपाने ,उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एशोसिएट)तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानाङ्ग सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी सदस्यमा नवीन प्रजापति, अमरबहादुर मानन्धर, पृथ्वीभक्त प्रजापति, ऋषिकेश श्रेष्ठ, रञ्जित मारिखू, रुकेश रञ्जित, गोकर्ण न्यौपाने, गौतम सुजखू, नरेश सुकुपायो, राजेश त्वानाबासु (राजु) सर्वसम्मत चयन हुनुभएको छ । सदस्यमा (वस्तुगत)तर्फ श्यामप्रसाद मानन्धर, सदस्य (एशोसिएट)तर्फ जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ लामा, कार्यसमिति सदस्य (महिला)तर्फ आस्था शाख र श्रीया बल्ल चयन हुनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्नुभएको थियो । निर्वाचित पदाधिकारीलाई शनिबार नै पद हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि – कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै

कात्तिक नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य प्रदर्शन हुन लागिएको हो । देवी प्याखँमा आज उषाहरण लीलाअन्तर्गत आउने एक नृत्यको अंश देखाइने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “यसमा भैरव तथा कुमारी र महालक्ष्मीको नृत्य मञ्चन गरिनेछ ।” सो नाटकको दोस्रो चरणमा ‘द्योला’ अर्थात् मन्दिरको रेखदेखमा बस्ने तथा ‘कवं’ अर्थात कङ्काल र ‘ख्याक’ वा भूतको कथामा आधारित नाच प्रदर्शन गरिने उहाँले बताउनुभयो ।

आठ दिन प्रदर्शन गरिने यस वर्षका नाचमा लगभग रु १३ लाख खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “हरेक दिन कलाकार अनि स्वयंसेवक तथा वाद्यवादक र व्यवस्थापक गरी दैनिक ५० भन्दा बढी जनशक्ति प्रयोग भइरहेका छन् ।” सो नाट्य महोत्सव प्रदर्शन गर्दा जोखिं, जो नगरा, धाः, दमौखी, मृदंग, पोंगा, झयाली र ता बाजा बजाइने पाटन निवासी राजेश ताम्राकारले बताउनुभयो ।

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास रहेको छ । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । २७ दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यस नाच आफैँमा विशेषता बोकेको छ ।

यस गरिमायम नाचको सर्जक स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ । सो नाचको थालनीले सुरुआती चरणदेखि नै जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको विश्वास छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित दायाँ आधा भागमा शिव र बायाँपट्टि विष्णुको संयुक्त मूर्ति रहेको हरिशङ्कर मन्दिर छेउमा सो नृत्य देखाइन्छ । सो नृत्य मञ्चन गरिने स्थान पाटनमा ललितपुर भेगकै सर्वप्राचीन ढुङ्गेधारा मङ्गहिटी अर्थात् मणिधारा अनि कुम्भेश्वर मन्दिर परिसरको पश्चिमी पर्खालमा जोडिएको मिसाहिटी अर्थात् महिलाहरूले मात्रै प्रयोग गर्ने धारा तथा मिसाहिटीको पश्चिम २२९ वर्गमिटर फैलिएको कुम्भेश्वरहिटी, दरबारबाट लगनखेल सडकको बायाँतिर मीननाथ मन्दिर अगाडि मण्डलाकार पश्चिमाभिमुख प्राचीन टाँगःहिटी, च्यासलटोलमा प्रसिद्धि च्यासलहिटीले ललितपुरको शोभा बढाइरहेका सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका अलवा यहाँ च्यासलहिटीबाट दक्षिण सडकपार क्वलय्लछी टोलमा प्रसिद्ध नारायणहिटी रहनाका साथै दरबारबाट पूर्वतर्फ रुद्रवर्ण महाविहार नपुग्दै सडकको बायाँपट्टि लुँहिटी वा नुगःहिटी अर्थात् नेवारी शब्दमा लुँहिटीको अर्थ सुनको धारा रहेको छ ।”

गत वर्ष महानगरपालिकाले दिएको रु ५० लाख र वडा नं १६ ले सहयोग गरेको रु १० लाख गरी यो वर्ष कूल रु ६० लाखको अक्षयकोष खडा गरिएको उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो ।