पालिकाको विकासका लागि कर्मचारीको अनिवार्य श्रमदान

पालिकाको विकासका लागि कर्मचारीको अनिवार्य श्रमदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिका मातहतका कर्मचारीलाई श्रमदानमा लगाएको छ । पालिकाको विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भन्दै अस्थायी तथा स्थायी कर्मचारीलाई कार्यालयको समयबाहेक अन्य समयमा आ–आफ्नो कार्यक्षेत्रमा विकासका काममा सहयोग गर्न आग्रह गरिएपछि कर्मचारी पनि श्रमदानमा जुटेका हुन् ।

पालिकाको निर्माण र समृद्धिको अभियान आफैँबाट सुरुआत गर्ने उद्देश्यसहित प्रत्येक कर्मचारीलाई गाउँपालिकाको विकासमा श्रमदान गर्नका लागि अभियान सञ्चालन गरिएकोे गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । “गाउँपालिका, सङ्घीय तथा प्रदेश सरकारबाट निर्माण हुने योजना र स्थानीय सार्वजनिक सरोकारका कामका लागि कर्मचारीलाई अतिरिक्त समयमा अनिवार्य विकास निमार्णमा जुट्न लगाइएको छ ।” उहाँले भन्नुभयो, “राज्यको लगानीले मात्र गाउँ र समाजको उन्नति तथा समृद्धिको सपना पूरा नहुने भएकाले यस्तो कार्यक्रम गर्न लागिएको हो ।”

सरकारी लगानी र अनुदानमा बनिरहेका विकास निर्माणका संरचनामा मात्र नभइ, गाउँ सरसफाइ, विद्यालय अनुगमन, वन सुरक्षा, पानीका मुहान सफाइ, विद्युत् नहर मर्मत, भवनका पर्खाल निर्माण, सिँचाइ कुलो निर्माणकार्यमा अनिवार्य कर्मचारीले श्रमदान गर्ने नीति बनाइएको अध्यक्ष बमले जानकारी दिनुभयो ।

“देशको विकास कर्मचारी, नागरिक र जनप्रतिनिधि मिलेर गर्ने हो ।’ उहाँले भन्नुभयो,“हामीले पालिकाको विकासका लागि शनिबार श्रमदान गर्ने नीति लिएका छौँ।”समाजमा विकासप्रति अपनत्व गराउन र विकास मेरा लागि हो” मैले पनि केही गर्नुपर्छ भन्ने धारणा बनाउनका लागि अनिवार्य श्रमदान गर्ने योजना ल्याइएकोे जनाइएको छ ।

यो पनि – निःशुल्क स्वास्थ्य शिविरः दुई हजारभन्दा बढीले लिए सेवा

पाल्पाको माथागढी गाउँपालिकामा आयोजित दुईदिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी नागरिकले सेवा लिएका छन् । मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर र त्रिवि शिक्षण अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा सेभ द हार्ट र माथागढी गाउँपालिकाद्वारा आयोजित उक्त शिविरमा दुई हजार ७९५ जनाले स्वास्थ्य जाँच गराएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो । “कतिपय बिरामी भएर पनि अन्यत्र उपचार गर्न जान नसक्ने र आर्थिक समस्याले रोगसँग भित्रभित्रै लडेर बसिरहनुपर्ने अवस्थालाई दृष्टिगत गरेर गाउँमै शिविर आयोजना गरी सेवा दिएका हौँ, शिविरमा धेरैले सेवा लिनुभएको छ”, उहाँले भन्नुभयो ।

शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको शिविरमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाको नेतृत्वमा आएको चिकित्सकको टोलीले मुटु परीक्षण गरेको हो ।  मुटु परीक्षण गराएकामध्ये ६० जनामा जटिल समस्या देखिएपछि काठमाडौँ पठाइएको छ । तीमध्ये ४३ जनाको शल्यक्रिया गर्नुपर्