२८ कात्तिक (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितहरुको सङ्ख्या धेरै कम देखिएको छ ।सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सवैभन्दा थोरै सक्रिय सङ्क्रमितहरु रहेका छन् ।
उनीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या एक लाख ३५ हजार ९८१ रहेको छ ।
“कुल सङ्क्रमित मध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय सङ्क्रमित रहेका छन्, यो सङ्ख्या पछिल्ला ५२२ दिन अर्थात १७ महिना पछिकै सवैभन्दा कम हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा ११ हजार २७१ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अधिकारीहरुका अनुसार सोही अवधिमा कोरोनाभाइरसका कारण थप २८५ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या चार लाख ६३ हजार ५३० पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ । पछिल्लो एक दिनमा नयाँ थपिएका सङ्क्रमित मध्ये छ हजार ४६८ जना केरला राज्यका मात्रै रहेका छन् । भारतमा कोरोनाका कारण अहिले सवैभन्दा बढी प्रभावित केरलामा एक दिनमा मात्रै २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १२ लाख ५५ हजार ९०४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यो पनि – रौतहटमा कार दुर्घटना हुदा ४ जना भारतीय नागरिकको मृत्यु
रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर सडकखण्डको झुनखुनवा नजिकै शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको युके १२ सी २९०० नं को सुजुकी स्वीफ्टकार सडकबाट करिब २० मिटर तल पानी भरिएको खाल्डोमा खस्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले जानकारी दिनुभयो ।
प्रहरीले घटनास्थलमा पुग्दा चारै जनाको मृत्यु भइसकेको थियो । गाडीमा चार जना सवार रहेको र चारै जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृतकको हालसम्म पहिचान खुल्न नसकेको तर उनीहरुको साथबाट फेला परेको कागजात अनुसार मृतक सबै भारतीय नागरिक भएको आधार देखिएको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनाग्रस्त कारलाई राति नै प्रहरीले क्रेनको सहयोगले पानीबाट निकालेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर ल्याइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलाउनका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चिमोररियाले बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानबाट गाडीमा सवार सबैले अत्याधिक मदिरा सेवन गरेको र चालकले पनि मदिरा सेवन गरेको खुलेको छ । मदिराकै कारण सवारी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यो पनि – सुनको मूल्य फेरी बढ्यो,यस्तो छ आजको भाउ
नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले उकालो लागेर रु ९४ हजार ६०० कायम भएको छ । पहेँलो धातु गत शुक्रबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य शुक्रबारका तुलनामा रु १० ले उकालो लागेर एक हजार २९५ कायम भएको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार २८५ मा कारोबार भएको थियो ।महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८६४ डलर आसपासमा कारोबार भइरहेको छ ।
सुनको कोटा बढाउन व्यवसायीको माग
महासङ्घले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको महासङ्घका अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
हाल वाणिज्य बैंकमार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी वनाउन ‘गोल्ड बैंक’मार्फत आपूर्ति व्यवस्था मिलाउनुपर्ने तथा सुनको वितरण काठमाडौँ केन्द्रित रहेकोले त्यसलाई विकेन्द्रित गर्दै तोकिएका नाकाबाट कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्नेमा अध्यक्ष शाक्यले जोड दिनुभएको छ । हाल राष्ट्रबैंकले सुनको दैनिक कोटा २० किलो रहने व्यवस्था गरेको छ ।



प्रतिक्रिया