लिबियाका तत्कालीन तानाशाह मोअम्मर गद्दाफीका छोराले अर्को महिना हुन गइरहेको राष्ट्रपतीय चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सेफ अल-इस्लामले दक्षिणी शहर सबाहमा आफ्नो उम्मेदवारीको कागजात पेश गरेको लिबियाको निर्वाचन एजेन्सीले आइतबार जानकारी दिएको छ । गद्दाफीका छोरालाई २०११ को अन्तमा लडाकुहरूले कब्जामा लिएका थिए। सेफ अल-इस्लाम पाँच वर्षभन्दा बढी हिरासतमा रहेपछि सन् २०१७ को जुनमा रिहा भएका थिए।
यो पनि – कोभिड-१९का बाबजुद फिजी अगाडि बढ्नुपर्छः कार्यवाहक प्रधानमन्त्री
फिजीका कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री इनिया सेरुइरातुले आइतवार कोभिड-१९ ले टापु राष्ट्रको अर्थतन्त्रमा ठूलो नोक्सानी पुर्याएको भएता पनि देश अगाडि बढ्नुपर्नेमा विशेष जोड दिनुभएको छ । फिजी ब्रोडकास्टिङ कर्पोरेशन (एफबीसी) का अनुसार फिजीको तेस्रो ठूलो शहर नादीमा सेरुइरातुले फिजीको अन्तरराष्ट्रिय सिमाना खोल्दा जोखिम रहेको बताएको छ।
सेरुइरातुले आउँदो जोखिम परास्त गर्नका लागि पूर्व तयारी गर्नु महत्त्वपूर्ण हुने बताउँनुभएको छ । “सरकारले उपयुक्त वातावरण सृजना गर्न सक्दो प्रयास गरिरहेको जसबाट हामी अगाडि बढ्न सक्छौं र देशको उन्नतिका निम्ति तयार हुन सक्छौँ , “सेरुइरातुले थप्नुभयो।पर्यटन उद्योग र व्यापार क्षेत्रले पर्यटक बढ्ने अपेक्षा राखेको भए पनि विशेष सतर्कता भने अपनाइरहेको भन्दै उहाँले सबैलाई महामारीबाट बच्न सतर्क रहन आग्रह गर्नुभएको छ ।
रिजर्भ बैंक अफ फिजी (आरबीएफ) का गभर्नर आरिफ अलीका अनुसार टापु राष्ट्रले कोभिड–१९ को प्रभावका कारण विगत दुई वर्षमा झण्डै ४ अर्ब फिजियन डलर (करिब १ अर्ब ९ करोड अमेरिकी डलर) विदेशी मुद्राको सञ्चिति गुमाएको छ । फिजीले हालैका दिनहरूमा पूर्ण खोप लगाएका यात्रुहरूका लागि आफ्नो अन्तरराष्ट्रिय सीमानाहरू पुनः खोलेको छ।



प्रतिक्रिया