पौडी खेल्ने क्रममा डुबेर विद्यार्थीको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर विद्यार्थीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरामा आज पौडी खेल्ने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमबिबिएस प्रथम वर्षमा अध्यनरत २२ वर्षीय विश्वास पुनी पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहान अन्दाजी ११ः३० बजे डुबेर बेपत्ता हुनुभएको थियो ।

खोलामा बेपत्ता हुनुभएका पुनीलाई घटनास्थलदेखि १० मिटर तल फेला पारी प्रहरीले उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणुकमार विकले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि –  कमलविनायक–नगरकोट दुई महिनाभित्रै सम्पन्न गर्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक अबको दु्ई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । पटकपटक अवधि थप हुँदासमेत सम्पन्न हुन नसकेको सो सडकको अवलोकनका लागि आज नगरकोट पुग्नुभएकी मन्त्री यादवले सडक विभाग, सम्बन्धित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई भेटेर सडक निर्माण द्रुत गतिमा अघि बढाउन निर्देशन दिनुभएको हो । उहाँले गुणस्तरमा कुनै सम्झौता नगरी निर्माण पूरा गर्न पनि निर्देशन दिनुभयो । पर्यटकीय क्षेत्रमा सडकको यो अवस्था हुँदा पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पर्यटक यहाँ आराम गर्न आउँछन् तर आइपुग्दा नै थकाइ लाग्ने भएपछि कसरी रमाउँछन् ।”

पटकपटक ठेक्का अवधि थप भएको सो सडकमा अब अवधि थप नहुने मन्त्री यादवले बताउनुभयो । अब पनि निर्माण सम्पन्न नभएमा ठेक्का तोड्न पनि पछि नपर्ने उहाँको भनाइ छ । पन्ध्र किमी सडक सात वर्षसम्म पनि पूरा नहुनु अनौठो भएको उहाँले बताउनुभयो । देशभरका विभिन्न सडक केही वर्षयता कोभिड र भूकम्पका कारण ढिला भयो हुनसक्ने उहाँले बताउनुभयो । आफूले विभिन्न सडकमा अवलोकन गरेर आवश्यक कारबाही अघि बढाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक बनाउन देशको ढुकुटीबाट खर्च भएको छ, त्यसैले पनि जनताले सुविधा पाउनुपर्छ ।”

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले युद्धस्तरमा काम नगरेसम्म अझै पनि नगरकोट सडक सम्पन्न हुन लामो समय लाग्नसक्ने बताउनुभयो । निर्माण कम्पनीले चाहँदा निर्माण सामग्री पाइने भन्दै उहाँले यहाँका लागि सामग्री र जनशक्ति दुवै थप गर्न भन्नुभएको छ । सडकमा निर्माणको काम जुन खण्डमा जहाँजहाँ पुगेको छ त्यहीँबाट सबैतिर सँगसँगै अघि बढाउन उहाँले निर्देश गर्नुभयो ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले एकदुई महिनामा सडक सम्पन्न गर्नका लागि कामको गति बढाउनुपर्ने बताउनुभयो । सो सडकमा नियमित अनुगमन गर्न र यहाँको प्रगति बुझाउन उहाँले सम्बन्धित योजनालाई निर्देशन दिनुभयो । योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले आफू नियमित रुपमा स्थलगत निरीक्षण गरेर गल्ती सच्याउन भनिरहेको बताउनुभयो ।

निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि नितेश अधिकारीले एक महिनाको हाराहारीमा निर्माण सक्ने गरी कार्ययोजना बनाएर लागेको जानकारी मन्त्री यादवलाई दिनुभयो । सडक कहिले बनाइसकेर यहाँबाट उम्कने भन्ने आफूहरूलाई लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का लम्ब्याएर वा कम गुणस्तरको सडक बनाएर हामीलाई पनि फाइदा छैन ।” मन्त्री यादवलगायत मन्त्रालय र विभागका टोलीलाई स्थानीयवासीले गुनासो राखेका थिए । लामो समयसम्म सडक अलपत्र हुँदा धुलाम्मे भएको उनीहरूले गुनासो गरे ।