सहमतिबाटै पार्टीलाई अगाडि बढाउनुपर्छ : अध्यक्ष थापा

सहमतिबाटै पार्टीलाई अगाडि बढाउनुपर्छ : अध्यक्ष थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले पार्टीभित्रको विवाद समाधान हुँदै गएको र सहमतिबाट नै पार्टी अघि बढ्नुको विकल्प पनि नभएकाले एकताको सन्देश दिन आफू झापा आएको बताउनुभएको छ । पार्टीको प्रदेश नं १ कार्य समितिको प्रथम एकता अधिवेशनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “झापा राप्रपाको मुटु हो, झापाले सिङ्गो देश हाँक्ने सामथ्र्य राख्र्छ ।”

कार्यक्रममा झापा क्षेत्र नं ३ का सङ्घीय सांसद तथा नेता राजेन्द्र लिङ्देनले पार्टीमा नेतृत्वले योजना बताउन नसकेका कारण आफू भूमिकाविहीन हुन पुगेको भन्दै शीर्ष नेतृत्वले आफूलाई चिन्न नसकेको भन्दै दुःखसमेत व्यक्त गर्नुभयो ।

प्रदेश नं १ का अध्यक्ष राम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका पार्टी प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थिति रहेको थियो । सोमबारसम्म चल्ने राप्रपाको प्रदेश अधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । राप्रपाले आज एकै दिन देशभरका सातै प्रदेशमा अधिवेशन गरेको छ । राप्रपाले आगामी मङ्सिर ११, १२ र १३ गते केन्द्रीय अधिवेशनको गर्ने तय गरेको छ ।

यो पनि – ‘बेलायत पढ्ने नेपालीलाई रोजगारीमा सहज’

संयुक्त अधिराज्य बेलायतमा पढ्ने नेपाली विद्यार्थीलाई अन्य मुलुकको तुलनामा शिक्षासँगै रोजगारीमा सहजता हुने गरेको जनाइएको छ । बेलायत र आयरल्यान्डमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि परामर्श सेवा गर्दै आएको आएआई–युकेले बेलायती शैक्षिक प्रदर्शनी–२०२१ बारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा त्यहाँ विद्यार्थीको शैक्षिक गुणस्तर र उत्तीर्ण दर पनि राम्रो भएको जनाइयो । उक्त संस्थाका राष्ट्रिय निर्देशक विनय अधिकारीले बेलायतमा पढिसकेपछि दुई वर्षको कार्य अनुमति (टियर ४ भिसा) दिने गरेको र टियर २ भिसामा परिवर्तन गर्न हालै केही नियमहरु परिवर्तन भएको जनाउँदै त्यसबारे आफूहरुले परामर्श दिएको बताउनुभयो । उहाँले आगामी मङ्सिर ५ गते पुतलीसडकस्थित आएआई–युकेको कार्यालयमा बेलायती शैक्षिक प्रदर्शनी–२०२१ आयोजना गर्ने र सोका लागि विद्यार्थीहरुको आवोदन खुल्ला गरिएको जानकारी दिनुभयो ।

सो संस्थाका राष्ट्रिय व्यवस्थापक शिशिर रेग्मीले मेलामा विद्यार्थी र अभिभावकले एकै हातामा बेलायतको शैक्षिक प्रणाली, अध्ययनका लागि लाग्ने अनुमानित लागत, पाउन सक्ने अवसर र चुनौतीबारे बेलायती शैक्षिक संस्थाका प्रतिनिधिकै उपस्थितिमा जानकारी लिन सक्ने बताउनुभयो ।