‘हुनेले नहुनेलाई न्यायो कपडा सहयोग गरौँ’

‘हुनेले नहुनेलाई न्यायो कपडा सहयोग गरौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विपन्नलाई निःशुल्क न्यानो कपडा उपलब्ध गराउन मेचीनगरका १७ वर्षीय किशोर सिर्जन ढुङ्गानाले प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएका छन् । मेचीनगर– १० को धुलावारी चोकमा राखिएका कक्षमा महिला, पुरुष र बालबालिकाले लगाउने मिल्ने विभिन्न तयारी कपडा छन् । कक्षबाट कपडा आवश्यक हुने सहयोगापेक्षी सडक मानव र विपन्न परिवारले छानेर लैजान पाउँछन् । विर्तामोडस्थित वाल्मिकी कलेजमा व्यवस्थापन सङ्कायमा कक्षा १२ को परीक्षा दिएका उहाँले भन्नुभयो “ हुनेले नहुनेलाई सहयोग गर्न यो कक्ष सञ्चालनमा ल्याएको हुँ । ”

पढाइबाट फुर्सद भएको समयको उपयोग गर्दै गाउँघरबाट लगाउन मिल्ने कपडा सङ्कलन गरेर नहुने व्यक्तिका लागि निःशुल्क वितरणको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । “जाडो मौसममा गरीव आमाबुबा झुपडी बस्ती र सडकमा काप्दै हिँडिरहेको देख्दा सहयोग गर्नुपर्छ भन्ने लाग्यो”, उहाँले अभियान सुरु गर्नुको कारण बताउँदै भन्नुभयो, “अनि मैले पुराना तर लगाउन मिल्ने कपडा सङ्कलन गर्न थालेको हुँ ।”

अभियान १०० दिन सञ्चालन गर्ने र पुराना कपडाको पुनः उपयोगले पर्यावरण स्वच्छ राख्नसमेत सघाउ पुग्ने उहाँले जानकारी दिनुभयो । यही कात्तिक २५ गतेदेखि निःशुल्क कपडाको कक्ष राखिएको हो । हालसम्म दुई बोरा जति कपडा विपन्न तथा सडक मानवले खुसी हुँदै लगिसकेका छन् । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टल राखिएको र दातालाई पुराना लगाउन मिल्ने कपडा उपलब्ध गराउन आह्वान गरेपछि धेरै व्यक्तिले कक्षसम्मै कपडा पु¥याउन आउने गरेको बताउनुभयो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कक्षमै आएर थुप्रै कपडा प्रदान गर्नुभएको र धुलाबारीको ट्राफिक प्रहरी बिटले कक्षका हेरचाहमा सहयोग पु¥याएको उहाँले जानकारी दिनुभयो ।