राप्रपाको प्रदेश अधिवेशन सम्पन्न, सबै प्रदेशको परिणाम प्राप्त

राप्रपाको प्रदेश अधिवेशन सम्पन्न, सबै प्रदेशको परिणाम प्राप्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राप्रपाको आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको प्रदेश अधिवेशन आज सम्पन्न भएको छ । केही प्रदेशमा सर्वसम्मत र केही प्रदेशमा मतदानबाट परिणाम आएको छ । प्रदेश नम्बर १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा, गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ र लुम्बिनी प्रदेशमा ऋषिराज देवकोटालाई पराजित गर्दै प्रदीपकुमार उदय मतदान प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका छन् भने प्रदेश नम्बर दुईमा भरत गिरी, बागमती प्रदेशमा विक्रम बहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदुर पश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएको पार्टीको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाले आइतबार एकैदिन सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो । पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले मङ्सिर ११, १२ र १३ गते काठमाडौँमा महाधिवेशन गर्दैछ । श्रेष्ठका अनुसार ४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनोट हुने कार्यतालिका रहेको छ ।

यो पनि – ‘दक्ष नेपाल, सक्षम नेपाल’ निर्माणका लागि अन्तर्राष्ट्रिय तालिम

ईन्टरनेशनल स्कुल फर स्किल्सले मुलुकमा सीपमूलक जनशक्ति निर्माणका लागि अन्तर्राष्ट्रिय तालिम प्रदान गर्ने भएको छ । ‘दक्ष नेपाल, सक्षम नेपाल’ भन्ने मूल नाराका साथ स्थापना भएको इन्टरनेशनल स्कुल फर स्किल्सले नेपाली बजारमा कर्पोरेटसहित आम जनमानसलाई लक्षित गरी अन्र्तराष्ट्रिय तालिम प्रदान गर्न लागेको हो ।

इन्टरनेशनल स्कुल फर स्कील्सले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा स्किल्सका अध्यक्ष इञ्जिनीयर पङ्कज जलानले अन्तर्राष्ट्रिय तालिम केन्द्र केपिएमजीसँगको सम्झौतामा नेपालमा अन्तर्राष्ट्रियस्तरका तालिम प्रदान गर्न लागेको जानकारी दिनुभयो । उक्त तालिमका लागि अन्तर्राष्ट्रिय तालिमकर्ताहरूलाई नेपालमा बोलाईने उहाँको भनाइ थियो ।

“हामीले नेपालमा सर्टिफिकेट इन आइटी, डिप्लोमा इन आइटी, प्रोफेसनल ग्रयाजुयट डिग्रीसहितको ब्रिटिस कम्युटर सोसाइटीले प्रदान गर्ने तालिम र सेवा प्रदान गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । इन्टरनेशनल स्कुल फर स्किल्सले कोभिड महामारीको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीलाई ई–जाँच नामक परीक्षा गराउने प्रविधिसमेत ल्याएको अध्यक्ष जलानले बताउनुभयो । दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ चार वर्ष पहिले स्थापना भएको इन्टरनेशनल स्कुल फर स्कील्सले भखरै मात्र अन्तर्राष्ट्रिय स्तरका तालिम नेपालमा भित्र्याएको हो ।
–––