टोखा नगरपालिकाले यही कात्तिक ३० गते कोभिड–१९ नियन्त्रणमा सहयोग पु¥याउने विभिन्न उपभोक्ता समितिका प्रतिनिधिलाई गर्न लागेको सम्मान कार्यक्रममा राजनीतिक पूर्वाग्रह राखेको भन्दै नेकपा (एकिकृत समाजवादी) टोखा नगर कमिटीले असन्तुष्टि व्यक्त गरेको छ ।
उक्त कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले सबै दललाई निमन्त्रणा गरेर एकीकृत समाजवादी निकट कमिटीलाई नबोलाइएको भन्दै पार्टी टोखा नगर कमिटीले सहभागिता नजनाउने भएको छ । टोखा नगरपालिका–९ का वडाध्यक्ष जेपी नेपालले आफ्नो दल राष्ट्रिय पार्टी भएको भए पनि नगरपालिकाले गर्ने कार्यक्रममा प्रमुखले सर्वदलीय प्रतिनिधिलाई बोलाएर आफूहरूलाई निषेध गरेकाले कार्यक्रम बहिष्कार गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले राष्ट्रिय मान्यता दिएको दललाई कार्यक्रममा बोलाइएन । म यहाँको वडा अध्यक्ष मात्रै होइन, पार्टीको प्रतिनिधि पनि हुँ ।” वडाध्यक्ष नेपाल एकीकृत समाजवादीका टोखा नगरपालिकाका पार्टी प्रमुखसमेत हुनुहुन्छ ।
यो पनि – वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित
लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को उपस्थितिबिना आज प्रदेशसभा सञ्चालन भएको छ । बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलको अवरोधका कारण आधा घण्टा स्थगन भएको प्रदेशसभामा दोस्रो पटकको बैठक नेकपा एमालेले बहिष्कार गरेको थियो ।
नेकपा एमालेले प्रदेशसभा सदस्यद्वय अजय शाही र विमलाकुमारी खत्रीलाई पदमुक्त नगरेको भन्दै प्रदेशसभाको बैठक अवरोध गर्दै आएको छ । बैठकमा वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि मन्त्री हमालले सो विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा मुख्यमन्त्री कुलप्रसाद केसीले विकास सबैको साझा आत्मा भएको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दललाई सहकार्य गरेर लोकतान्त्रिक संस्कार अनुसरण गर्न आग्रह गर्नुभयो । उहाँले दुई प्रदेशसभा सदस्यलाई लक्षित गरेर अदालतमा विचाराधीन मुद्दालाई गलत व्याख्या गरेको भन्दै संसदीय इतिहासमा नौलो घटना भएको बताउनुभयो । मुख्यमन्त्री केसीले संसद्को गरिमालाई प्रमुख प्रतिपक्षी दलले बेवास्ता गरेको उल्लेख गर्दै सरकारको रणनीतिक योजनामा हेरफेर नगरेको स्पष्टीकरण दिनुभयो ।
–––



प्रतिक्रिया