आगामी चुनावबाट एमाले झन् शक्तिशाली बन्छ : अध्यक्ष ओली

आगामी चुनावबाट एमाले झन् शक्तिशाली बन्छ : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले अझै शक्तिशाली बन्ने दाबी गर्नुभएको छ । एमाले धनकुटाले सोमबार शहीदभूमि गाउँपालिकाको छिन्ताङ्गमा आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउने चुनावबाट एमाले ठूलो पार्टी बन्ने दाबी गर्नुभयो ।

मुलुकका हरेक परिवर्तनमा शहीदहरूको बलिदानी रहेको चर्चा गर्दै अध्यक्ष ओलीले ‘छिन्ताङ्ग हत्याकाण्ड’ सहित सबै घटनाका शहीदका सपना साकार पार्ने बताउनुभयो । विसं २०३६ मा भएको छिन्ताङ्ग हत्याकाण्डमा मारिएका १६ जना शहीदको ४३औँ स्मिृति दिवसका अवसरमा एमालेले सभा आयोजना गरेको हो । सभालाई एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, मेडिकल व्यवसायी एवं एमाले नेता दुर्गा प्रसाईं, एमाले धनकुटा अध्यक्ष राजेन्द्र राई, शहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई लगायतले सम्बोधन गर्नुभएको थियो ।

यो पनि – सर्वोच्चमा अदालतमा बन्दीसहित अन्य मुद्दामा पनि सुनुवाइ

सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो ।

न्यायाधीशद्वय तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकाणको मुद्दामा सुनुवाइ गरी आदेश जारी गरिएको हो । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलासले पनि बन्दीको मुद्दामा सुनुवाइ गरी आदेश जारी गरेको छ । प्रधानन्यायाधीश राणाको एकल इजलासमा सबै खालका मुद्दाको सुनुवाइ भएको छ । अरु न्यायाधीशको इजलासमा भने हेर्न नभ्याइने र बेञ्च नबसेको जनाइको छ । प्रधानन्यायाधीश राणाले आजका लागि दश इजलासमा पेसी तोक्नुभएको थियो । तीमध्ये आठ संयुक्त र दुई एकल इजलास रहेको छ । आठमध्ये दुई संयुक्त र एउटा एकल इजलासमा सुनुवाइ भएको हो ।

सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदैआउनुभएको छ । न्यायाधीशलाई पनि संविधान र कानुन बमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न उहाँले आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले आज प्रेस विज्ञप्ति जारी गरी न्यायालयमा देखिएको अहिलको समस्या समाधान गर्न बारलाई वार्तामा आउन आह्वान गर्नुभएको छ ।