गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले युवालाई अघि बढाउनका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको छ । मस्र्याङ्दी गाउँपालिका–३ खुदीबजारस्थित खुदी युथ क्लबद्वारा आज यहाँ आयोजित हरिबोधिनी ठूली एकादशीको मेला, २०७८ को उद्घाटन गर्दै उहाँले युवाको चाहनाअनुरुप अघि बढ्ने उल्लेख गर्नुभयो ।
प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो । “युवालाई अघि बढाउन युवा स्वरोजगार कार्यक्रम अघि सारेका छौँ”, उहाँले भन्नुभयो । प्रदेश सरकारले युवालाई रु २५ लाखसम्म बिना ब्याजमा अनुदान दिँदै आएको छ । युवा स्वरोजगार कार्यक्रममा पुरुष मात्र नभएर महिलालाई पनि संलग्न गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । फरक प्रसङ्गमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मेला महोत्सवले मेलमिलाप र संस्कृतिको जगेर्ना गर्न योगदान पु¥याउने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष होमबहादुर विक, वडा नं १ का अध्यक्ष रुद्रमान गुरुङ, वडा नं ३ का अध्यक्ष प्रेमबहादुर बस्नेत, वडा नं ९ का अध्यक्ष नारायणबहादुर थापालगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
यो पनि – एमाले झन् शक्तिशाली बन्छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले अझै शक्तिशाली बन्ने दाबी गर्नुभएको छ । एमाले धनकुटाले सोमबार शहीदभूमि गाउँपालिकाको छिन्ताङ्गमा आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउने चुनावबाट एमाले ठूलो पार्टी बन्ने दाबी गर्नुभयो ।
मुलुकका हरेक परिवर्तनमा शहीदहरूको बलिदानी रहेको चर्चा गर्दै अध्यक्ष ओलीले ‘छिन्ताङ्ग हत्याकाण्ड’ सहित सबै घटनाका शहीदका सपना साकार पार्ने बताउनुभयो । विसं २०३६ मा भएको छिन्ताङ्ग हत्याकाण्डमा मारिएका १६ जना शहीदको ४३औँ स्मिृति दिवसका अवसरमा एमालेले सभा आयोजना गरेको हो । सभालाई एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, मेडिकल व्यवसायी एवं एमाले नेता दुर्गा प्रसाईं, एमाले धनकुटा अध्यक्ष राजेन्द्र राई, शहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई लगायतले सम्बोधन गर्नुभएको थियो ।



प्रतिक्रिया