दुर्घटनामा वृद्धाको मृत्यु, चार घाइते

दुर्घटनामा वृद्धाको मृत्यु, चार घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा आज ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा खडक नगरपालिका–६ की ७० वर्षीया अनारदेवी पासवान रहेकी छिन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त ७०१९ नंको ट्र्याक्टर अनियन्त्रित भई स्थानीय प्रकाश साहको घरमा रहेको सैलुनमा ठोक्किएको थियो । गम्भीर घाइते पासवनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टरको ठक्करबाट खडक नगरपालिका–९ लालपट्टिका ४५ वर्षीय श्याम ठाकुर, ३५ वर्षीय किसुनलाल ठाकुर, राजविराज नगरपालिका–९ मलेठका ३५ वर्षीय रवीन्द्र ठाकुर र खडक नगरपालिका–६ चकवाका २३ वर्षीय अर्जुन चौधरी घाइते भएका छन् । घाइतेको स्थानीय युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो पनि – ओखलढुङ्गा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना ः तीनजनाको घटनास्थलमै मृत्यु, १४ घाइते

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहेको बताइएको छ ।

जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान हुन सकेको छैन । प्रहरी प्रमुख काफ्ले बलेरोमा १८ जना सवार रहेको र बलेरो सडकबाट करिब ६०० मिटर तल झरेको बताउनुभयो । दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले बताउनुभयो । दुर्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घाइतेको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लाको सुनकोशी –९ र चम्पादेवी गाउँपालिका–९ को सिमानामा पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भीड लाग्ने गर्दछ । एकादशीका अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बलगायतका स्थानबाट भक्तजन आउने गरेका छन् ।