विप्लवले गरेको नेपाल बन्दका क्रममा आठ जना प्रहरी नियन्त्रणमा

विप्लवले गरेको नेपाल बन्दका क्रममा आठ जना प्रहरी नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बजारका विभिन्न स्थानबाट शंकास्पद गतिविधिमा सङ्लग्न आठ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयमा राखिएको बताइन्छ । सडकमा बन्दकर्ताको उपस्थिति नरहेकाले निर्वाध सवारी तथा व्यवसाय सञ्चालनको अवस्था रहेको प्रहरीको भनाइ छ ।

बन्दका क्रममा अप्रिय घटना हुन नदिन कास्की प्रहरीले ६३५ जना प्रहरी परिचालन गरिएको प्रनाउ हमालले जानकारी दिनुभयो । नेकपाका जिल्ला सदस्य एवं कार्यालय सचिव काजी गुरुङ, विद्यार्थी नेता युवराजलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेकपा स्रोतले जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि पोखराको जनजीवन प्रभावित बनेको छ । मुख्य बजारका पसल बिहानैदेखि बन्द छन् भने सार्वजनिक तथा भाडाका सवारी साधन ठप्प छन् । केही मोटरसाइकल तथा स्कुटर भने निर्वाध सञ्चालनमा छन् ।

यो पनि – बन्द गराउन खोज्ने १० पक्राउ

नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो । सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पु¥याउन पाएका छैनन् । थापाले भन्नुभयो, “जिल्लाभर अवरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।” बन्द आह्वानका कारण अन्य दिनमा झै सवारी साधन भने चलेका छैनन् । बिहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ ।