बाइडेन र सी बीच भर्चुअल बैठकमा तनाव कम गर्ने प्रयास

बाइडेन र सी बीच भर्चुअल बैठकमा तनाव कम गर्ने प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चिनफिङको तीन घण्टा लामो भर्चुअल वार्तामा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा सहमत भएका छन् । महाशक्ति राष्ट्रका सर्वोच्च नेताद्वयले अनावश्यक प्रतिस्पर्धा भन्दा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा छलफल केन्द्रित गरेका छन् ।

घरेलु दबाबलाई मध्यनजर गर्दै विश्व राजनीतिक मञ्चमा आफूहरूबीचको बढ्दो तनाव र दबाबलाई घटाउन र हार्दिक सम्बन्ध स्थापित गर्न प्रयत्नशील रहेको सन्देश दिन नेताद्वय संयमित देखिएका छन् । “मैले पहिले भनेझैँ, यो चीन र संयुक्त राज्य अमेरिकाका नेताहरूको रूपमा हाम्रो जिम्मेवारी हो । हाम्रा देशबीचको प्रतिस्पर्धा द्वन्द्वमा नपुगोस् भन्ने सुनिश्चित गर्नु हो, चाहे उद्देश्य होस् वा नहोस्,“ बाइडेनले सीलाई भनेका छन् ।

बाइडेनले सोमबार उनीहरूको भर्चुअल बैठकको सुरुमा सीलाई “केवल सरल, सीधा प्रतिस्पर्धा“ मात्र उपयुक्त हुने बताएका छन् । ह्वाइट हाउसले यो बैठकबाट धेरै अपेक्षा गरेको छैन केबल सम्बन्धलाई प्रगाढ बनाउन सामान्य कूटनीतिक र औपचारिक संयुक्त वक्तव्य जारी हुनसक्ने आँकलन गरेको थियो । यद्यपि दुवै नेताहरूले एक अर्कालाई पुराना मित्रका रूपमा लिँदै व्यक्तिगतस्तरबाटै द्वीपक्षीय सम्बन्ध थप हार्दिक बनाउन सकिने खालको आशय वार्तामा अभिव्यक्त गरेका छन् । यसको मूर्त रूप देख्न भने केही समय पर्खिन पर्ने सार्वजनिक टिप्पणी भइरहेका छन् ।

यो पनि – पुटिन र म्याक्रोन बीच आप्रवासी संकटबारे टेलिफोन वार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग बेलारुस र युरोपेली युनियन (ईयू) बीचको सीमामा आप्रवासी सङ्कटका साथै पूर्वी युक्रेनको अवस्थाबारे छलफल गर्न टेलिफोन वार्ता गरेका छन्।क्रेमलिनको एक विज्ञप्ति अनुसार, पुटिनले “पोल्यान्डका सीमा रक्षकहरूद्वारा शरणार्थीहरूलाई अत्यन्तै कठोर व्यवहार” गरेको टिप्पणी गर्दै म्याक्रोनलाई बेलारूसी राष्ट्रपति अलेक्जेन्डरसँगको हालैको सम्पर्कको बारेमा जानकारी दिए। पुटिनले बेलारुस र ईयू देशका नेताहरूलाई यस विषयमा प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्। नेताहरूले पूर्वी युक्रेनको डोनबासमा जारी द्वन्द्वको समाधानमा प्रगति नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

पुटिनले कालो सागरमा संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले गरेको ठूलो अभ्यासको “उत्तेजक व्यवहार” लाई औंल्याएका छन् । जसले रूस र उत्तर एट्लान्टिक सन्धि संगठनबीच तनाव बढाएको छ। रुस-फ्रान्स सम्बन्धको लागि, पुटिन र म्याक्रोनले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षा मन्त्रीहरूको नियमित बैठकको प्रशंसा गरेका छन्। साथै उनीहरूले सैन्य-राजनीतिक मुद्दाहरूमा द्विपक्षीय वार्ता जारी राख्ने जनाएका छन्।