पथलैयास्थित प्रदेश स्वास्थ्य तालिम केन्द्र कामविहीन

पथलैयास्थित प्रदेश स्वास्थ्य तालिम केन्द्र कामविहीन

26
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयअन्तर्गत बाराको पथलैयास्थित प्रदेश स्वास्थ्य तालिम केन्द्र पछिल्लो समय कामविहीन जस्तै बनेको छ । विशेषगरी स्वास्थ्यकर्मीलाई विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन गर्ने उद्देश्यले स्थापित उक्त केन्द्र पछिल्लो एक वर्षयता कोभिड–१९ का कारण भौतिक उपस्थितिमा विविध प्रकारका तालिम हुन नसक्दा केन्द्र कामविहीन बनेको हो । कोरोना त्रासका कारण भौतिक उपस्थितिमा हुनुपर्ने विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन हुन सकेका छैनन् । कोभिडको सहज अवस्थासँगै यस्ता तालिमजन्य कार्यक्रमले निरन्तरता पाउने केन्द्रले जनाएको छ । तालिम केन्द्रमा हाल केन्द्र निर्देशक पद रिक्त छ भने वरिष्ठ जनस्वास्थ्य प्रशासक पदसमेत रिक्त छ ।

उक्त केन्द्रको काम आवश्यकतानुसार स्वास्थ्यकर्मीलाई विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन गर्नु हो । साविकको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका रूपमा स्थापित उक्त कार्यालय पछिल्लो संरचनाअनुसार प्रदेश नं २ अन्तर्गत सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य तालिम केन्द्रका रूपमा रहिआएको छ ।

यो पनि- आरम्भ चौतारी लघुवित्तमा देउराली गाभियो

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग रुपेन्देहीको बुटवल उपमहानगरपालिकामा अवस्थित देउराली लघुवित्त वित्तीय संस्था गाभिएको छ ।

दुई वित्तीय संस्था गाभिएर मङ्गलबारदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार सुरु भएपश्चात संस्थाको चुक्ता पूँजी रु ३० करोड ६९ लाख २३ हजार र सदस्य संख्या ५२ हजार ४१९ पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो । संस्थामा ९२ हजार ९५२ ऋणी छन् । यसमा आवद्ध ५२ हजार ९५२ को बचत परिचालन रु एक अर्ब ४७ करोड ६५ लाख ५७ हजार रहेको छ ।

संस्थाको रु पाँच अर्ब ३२ करोड २४ लाख कर्जा लगानी रहेको जनाइएको छ । एकीकृत कारोबारपछि संस्थाले ५२ जिल्लामा १४९ शाखामार्फत सेवा दिनेछ । संयुक्त कारोबारको शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले नेपालको लघुवित्त वित्तीय संस्थाको सङ्ख्या ६८ रहेकामा अझै बढ्ने भएकाले नेपालजस्तो मुलुकमा कति बैंक तथा वित्तीय संस्था आवश्यक हुन्छ भन्ने विषयमा अध्ययन भइरहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले नेपालमा लघुवित्त संस्थासामु ठूलो चुनौती रहेको उल्लेख गर्दै केही नीतिगत समस्या भएकाले त्यसलाई हटाउन वित्तीयविज्ञद्वारा पहल भइरहेको बताउनुभयो । देउराली लघुवित्तका अध्यक्ष विनोद ज्ञवालीले एकीकृत कारोबारपछि वित्तीय संस्थालाई सबल र सक्षम बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बनेपा–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, संस्थाका नायब कार्यकारी अधिकृत किरण काफ्ले, विभागीय प्रमुख विमल खनाल, देउराली लघुवित्त संस्थाका सञ्चालक समिति सदस्य दामोदर रेग्मीलगायतले कारोबार सफलताको शुभकामना दिनुभएको थियो । संस्थामा देउराली लघुवित्तका अध्यक्ष ज्ञवालीलाई सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीलाई कम्पनी सचिवमा नियुक्त गरिएको छ ।