दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा

दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ । तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन् । भारतको मौसम विज्ञान विभागले मङ्गलबारको अधिकताम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ ।

भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा एकातिर चिसो बढीरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढीरहेको छ । वायुको गुणस्तर मङ्गलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन् । तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो । प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले केही समय लकडाउन गर्न सरोकारवालाले सुझाव दिएका छन् । त्यसैगरी चिकित्सकले पनि केही दिन घरबाहिर ननिस्कन र विषेश गरेर बालबालिकालाई प्रदूषणबाट जोगाउन ध्यानाकर्षण गराएका छन् ।

यो पनि – ठूला करदातालाई सम्मान

कञ्चनपुरमा ठूला करदातालाई सम्मान गरिएको छ । दसौँं राष्ट्रिय कर दिवसका अवसरमा आज महेनद्रनगरस्थित मालिका फिलिङ सेन्टरका प्रोप्राइटर एवं अग्रज व्यवसायी प्रेमकुमार श्रेष्ठलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले जनाएको छ ।

व्यवसयाी श्रेष्ठलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे र कार्यालयका प्रमुख कर अधिकृत पुष्कर न्यौपानेले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । त्यसैगरी दिवसका अवसरमा कर्मचारीतर्फ कार्यालयका नायब सुब्बा भीम विष्टलाई सम्मान गरिएको छ । “ हरेक वर्ष कर दिवसमा बढी आयकर तिर्ने व्यापारी तथा व्यवसायीलाई सम्मान गरिँदै आएको छ” सम्मानित नासु विष्टले भन्नुभयो ।

चालू आर्थिक वर्षमा रु दुई अर्ब ७१ करोड कर सङ्कलन गर्ने लक्ष्य राखेको कार्यालयले हालसम्म रु ६९ करोड दश लाख कर सङ्कलन गरेको जनाएको छ । “कोरोना कहरका कारण कर सङ्कलनमा गिरावट आएको छ ।” उहाँले भन्नुभयो,“कर सङ्कलनको दायरा पनि कोरोनाको अवस्था सामान्य बन्दै गएसँगै बढिरेहको छ ।”