डोटी, १ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले यहाँ आइपुग्नु भएको छ । पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा आज हुने ठूलाकेदार मेलाको पूजाका लागि उहाँहरु यहाँ आइपुग्नु भएको हो । उहाँहरु पूजाआजा गरी फर्किने कार्यक्रम तय भएको मन्त्री मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्री आलेले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीसँग पनि बडिकेदारको थप प्रचारप्रसार तथा विकासका लागि छलफल गर्ने कार्यक्रम छ । बडिकेदारमा हरेक वर्ष तिहारपछिको चतुर्दशी तिथिमा पूजाआजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुङ्गाका शिलामा पूजाआजा गर्ने गरिन्छ ।
शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा विकट अर्थात भिरको बीचमो छ । अन्य देवीदेवताको मन्दिरमा भन्दा बडिकेदारमा विभिन्न जातजाती भाषाभाषीको समान आस्थाको केन्द्र बन्दै गएको छ । प्रायःजसो सन्तान प्राप्त नभएका अधिकांश महिला पुरुष पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन् ।
उक्त मेलमा पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तीर्थालु भक्तजन आउने गरेका स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो ।
यो पनि – ‘शारदादेवी÷ढुण्डीराज भट्टराई–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा
काठमाडौँ, १ मङ्सिर रासस : क्रियाशील आर्थिक पत्रकारको साझा संस्था नेपाल आर्थिक पत्रकार सङ्घ ९नाफिज० ले रु एक लाख राशिको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको छ । बैंकिङ तथा बीमा विज्ञका रुपमा रहनुभएका रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले सो पुरस्कार घोषणा गरेको हो । भट्टराई हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सिईओ० का रुपमा कार्यरत हुनुहुन्छ ।
उहाँले आफ्ना मातापिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेको जनाउँदै पुरस्कारका लागि आवश्यकपर्ने स्रोत अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने बताउनुभयो । नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी÷ढुण्डीराज भट्टराई–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्ने जनाएको छ । सम्झौताअनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि रु दश लाखको चेक हस्तान्तरण गर्नुभएको छ । सोही रकमको ब्याजबापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाइ छनोट गरी पुरस्कृत गरिने नाफिजले जनाएको छ ।
“मेरा बुबा र आमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार नाफिजसँग मिलेर यो काम गरेको हुँ, यसले आर्थिक पत्रकारितामा संलग्नको लेखनवृत्तिका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु”, हस्ताक्षर कार्यक्रममा उहाँले भन्नुभयो । उहाँले नेपालमा आर्थिक पत्रकारिताको बलियो जग बसाउनु आवश्यक रहेको र त्यसका लागि सम्मान तथा पुरस्कारको सङ्ख्या तथा गुणस्तर दुवै बढाउनुपर्नेमा जोड दिनुभयो ।
नाफिज अध्यक्ष मोदनाथ ढकालले रु एक लाख राशिको ठूलो आर्थिक पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको र यसले नाफिज आवद्ध पत्रकारलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने बताउनुभयो । “यो पुरस्कार मात्रै होइन, आर्थिक पत्रकारितामा अब्बलता देखाउने प्रेरणा पनि हो, यसले थप गतिशील, अनुशासित र तथ्यपरक आर्थिक पत्रकारिताका लागि प्रेरणा दिने नाफिजले अपेक्षा गरेको छ”, उहाँले भन्नुभयो ।
पुरस्कारसम्बन्धी सम्झौता पत्रमा आज नाफिज अध्यक्ष ढकाल र दाता भट्टराईले हस्ताक्षर गर्नुभएको हो ।
प्रतिक्रिया