प्रशासनले निर्धारण गरेकोे भाडाप्रति जिप व्यवसायीको आपत्ती

प्रशासनले निर्धारण गरेकोे भाडाप्रति जिप व्यवसायीको आपत्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १ मङ्सिर रासस : जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको सार्वजनिक भाडादरप्रति जिप व्यवसायीले आपत्ति जनाएका छन् । मार्तडी–कोल्टी र कवाडीसम्मको भाडा दर प्रशासनले व्यवसायीहरुको पीडालाई दृष्टिगत नगरी मनोमानी ढङ्गले निर्धारण गरेको भन्दै यातायात व्यवसायीले आपत्ति जनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते जिल्लाका सम्पूर्ण सडकमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको आवतजावतमा भाडा निर्धारण गरेको थियो । प्रशासनले मानोमानी ढङ्गले व्यवसायीको पीडालाई दृष्टिगत नगरी भाडा दर कायम गरेको र यस सडक खण्डमा चल्ने सवारी साधनलाई भौगोलिक विकटता तथा सडकको समयमा नै मर्मत हुन नसक्दा जोखिम पूर्ण सडकमा जिप सेवा सञ्चालन गर्नु पर्दा निकै समस्या भएको बूढीनन्दा यातायात प्रालिका उपाध्यक्ष मीनबहादुर बोगटीले बताउनुभयो ।

“सडकका बीचमा ठूला खाल्डा समेत फिलिङ गरेको छैन्, त्यसैमा झनै सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र गाडी मर्मत सेन्टरको कालोबजारीलाई दृष्टिगत नगरी व्यवसायीलाई मात्र भाडा घटाउन दबाब दिएकाप्रति आपत्ती छ”, स्वामिकात्तिक मानोसरोवरका महासचिव दाबा गुरुङले भन्नुभयो ।

सम्बन्धित निकायले जिप व्यवसायीका सवाललाई दृष्टिगत गरी समयमै सहमति पूर्ण वातावरण सिर्जना नगरुन्जेलसम्म सेवा सञ्चालन नगर्ने प्रशासनलाई मङ्गलबार प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ ।

प्रशासनले भाडादर हेरफेर नगरे थप आन्दोलन र यातायात सेवा सञ्चालन नगर्ने बूढीनन्दा यातायात प्रालिका उपाध्यक्ष बोगटी, महासचिव जयस्थिति मल्ल, स्वामीकार्तिक मानसरोवरका महासचिव गुरुङ र जय मालिका यातायात सेवा प्रालिका काउन्टर इन्चार्ज मनोज रोकायाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ ।

यो पनि – पर्यटन प्रवद्र्धनका लागि बङ्गलादेश पाटा च्याप्टर टोली नेपालमा

काठमाडौँ, १ मङ्सिर (रासस) : दुई देशीय (नेपाल–बङ्गलादेश) पय{टन प्रवद्ध{न गने{ उद्देश्यले प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकाय{मा ‘नेपाल–बङ्गलादेश पय{टन प्रवद्ध{न एण्ड बिटुबी एक्सचेन्ज काय{क्रम’ आयोजना गरेको छ ।

नोभेम्बर १६ देखि २१ सम्म सञ्चालन हुने उक्त काय{क्रम अन्तग{त गन्तव्य प्रवद्ध{नदेखि व्यावसायिक साझेदारि एवं प्रवद्ध{नका विषयमा छलफल हुनेछ । पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमीद, महासचिव तफिक रेहेमानसहित पय{टन व्यवसायी मङ्गलबार नेपाल आएका हुन् । उक्त टोलीमा बङ्गलादेशका टूर अप्रेटर, मिडिया र युनिभसि{टिका स्टुडेन्स च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् । क्षेत्रीय पय{टन प्रवद्ध{न अन्तग{त हुन लागेको बिटुबी (बिजनेश टु विजनेश) सम्झौताका लागि यो टोली नेपाल आइपुगेको पाटा नेपालले जनाएको छ ।

काय{क्रमका अवसरमा नोभेम्बर १७ देखि १९ सम्म प्रसिद्ध पय{टकीय क्षेत्र पोखराको परिचयात्मक भ्रमण आयोजना गरिएको छ । उक्त प्रयोजनका लागि भ्रमण टोली आजै पोखरा गएको छ । पोखरा पय{टन परिषदसँगको सहकाय{मा पोखराको परिचयात्मक भ्रमणसँगै सरोकारवाला व्यवसायीसँग अन्तक्रि{या गरिने आयोजक पाटा नेपालका प्रमुख काय{कारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँमा बिटुबी काय{क्रम आयोजना गरिनेछ । ‘डेस्टिनेशन इनसाईड’बारे प्रस्तुितकरण हुनेछ ।

नेपाल र बङ्गलादेशबीचको पय{टन प्रवद्ध{न अन्तग{त आन्तरिक तथा अन्तरराष्ट्रिय पय{टन प्रवद्ध{न, सशक्तीकरण र व्यावसायिक सम्भावनाका विविध आयामबारे छलफल गरिने सिइओ बुडालले बताउनुभयो । उक्त काय{क्रमको हस्पिटालिटी पाट{नर केजिएच ग्रुप, एभरेष्ट होटल, होटल अलफट काठमाडौँ र ¥याडिसन होटल छन् । रोयल माउन्टेन ट्राभल ट्रान्सपोट{ पाट{नर रहेको छ । नेपाल पय{टन बोड{ प्रवद्ध{क तथा हिमालय एयरलाइन्स पाट{नर रहेको छ । कोभिड–१९का कारण तत्काल ‘लङ हल रुट’ अन्तग{तको गन्तव्यमा पय{टन प्रवद्ध{न हुन कठिन देखिएपछि क्षेत्रीय पय{टन प्रवद्ध{नको आवश्यकता रहेको बङ्गलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमीदले बताउनुभयो ।

उहाँले कोभिड महामारीले थलिएको पय{टन प्रवद्ध{नका लागि नयाँ सोच र अवधारणा अन्तग{त क्षेत्रीय पय{टन प्रवद्ध{नमा जोड दिइएको उल्लेख गनु{भयो । मुलुकको पय{टन प्रवद्ध{नका लागि आन्तरिकसँगै क्षेत्रीय पय{टन प्रवद्ध{्नलाई मुख्य जोड दिएको पाटा नेपालका सिइओ बुडालले बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०२२का लागि पाटाको मुख्य उद्देश्य भनेकै क्षेत्रीय सहकाय{ गने{ हो ।”

आन्तरिक पय{टन मुलुकको पय{टनको मेरुदण्ड हो । योसँगै अव विदेशी पय{टकलाई पनि आकष{क गने{ बेला आइसकेको छ । अमेरिका, युरोपलगायत मुलुकबाट पय{टक भित्र्याउन अझै पनि गाह्रै देखिन्छ । “अहिलेको प्राथमिकता भनेको ‘सट{ हल फ्लाइट’ हुने अन्तरा{ष्ट्रिय बजार नै हो”, उहाँले भन्नुभयो । पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलङ्का, भुटान, म्यान्मारलगायत मुलुकसँग दुईतफी{ क्षेत्रीय पय{टन प्रवद्ध{न गने{ उद्देश्य राखेको उहाँले जानकारी दिनुभयो ।