पर्यटन प्रवद्र्धनका लागि बङ्गलादेश पाटा च्याप्टर टोली नेपालमा

पर्यटन प्रवद्र्धनका लागि बङ्गलादेश पाटा च्याप्टर टोली नेपालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ मङ्सिर (रासस) : दुई देशीय (नेपाल–बङ्गलादेश) पय{टन प्रवद्ध{न गने{ उद्देश्यले प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकाय{मा ‘नेपाल–बङ्गलादेश पय{टन प्रवद्ध{न एण्ड बिटुबी एक्सचेन्ज काय{क्रम’ आयोजना गरेको छ ।

नोभेम्बर १६ देखि २१ सम्म सञ्चालन हुने उक्त काय{क्रम अन्तग{त गन्तव्य प्रवद्ध{नदेखि व्यावसायिक साझेदारि एवं प्रवद्ध{नका विषयमा छलफल हुनेछ । पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमीद, महासचिव तफिक रेहेमानसहित पय{टन व्यवसायी मङ्गलबार नेपाल आएका हुन् । उक्त टोलीमा बङ्गलादेशका टूर अप्रेटर, मिडिया र युनिभसि{टिका स्टुडेन्स च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् । क्षेत्रीय पय{टन प्रवद्ध{न अन्तग{त हुन लागेको बिटुबी (बिजनेश टु विजनेश) सम्झौताका लागि यो टोली नेपाल आइपुगेको पाटा नेपालले जनाएको छ ।

काय{क्रमका अवसरमा नोभेम्बर १७ देखि १९ सम्म प्रसिद्ध पय{टकीय क्षेत्र पोखराको परिचयात्मक भ्रमण आयोजना गरिएको छ । उक्त प्रयोजनका लागि भ्रमण टोली आजै पोखरा गएको छ । पोखरा पय{टन परिषदसँगको सहकाय{मा पोखराको परिचयात्मक भ्रमणसँगै सरोकारवाला व्यवसायीसँग अन्तक्रि{या गरिने आयोजक पाटा नेपालका प्रमुख काय{कारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँमा बिटुबी काय{क्रम आयोजना गरिनेछ । ‘डेस्टिनेशन इनसाईड’बारे प्रस्तुितकरण हुनेछ ।

नेपाल र बङ्गलादेशबीचको पय{टन प्रवद्ध{न अन्तग{त आन्तरिक तथा अन्तरराष्ट्रिय पय{टन प्रवद्ध{न, सशक्तीकरण र व्यावसायिक सम्भावनाका विविध आयामबारे छलफल गरिने सिइओ बुडालले बताउनुभयो । उक्त काय{क्रमको हस्पिटालिटी पाट{नर केजिएच ग्रुप, एभरेष्ट होटल, होटल अलफट काठमाडौँ र ¥याडिसन होटल छन् । रोयल माउन्टेन ट्राभल ट्रान्सपोट{ पाट{नर रहेको छ ।

नेपाल पय{टन बोड{ प्रवद्ध{क तथा हिमालय एयरलाइन्स पाट{नर रहेको छ । कोभिड–१९का कारण तत्काल ‘लङ हल रुट’ अन्तग{तको गन्तव्यमा पय{टन प्रवद्ध{न हुन कठिन देखिएपछि क्षेत्रीय पय{टन प्रवद्ध{नको आवश्यकता रहेको बङ्गलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमीदले बताउनुभयो ।

उहाँले कोभिड महामारीले थलिएको पय{टन प्रवद्ध{नका लागि नयाँ सोच र अवधारणा अन्तग{त क्षेत्रीय पय{टन प्रवद्ध{नमा जोड दिइएको उल्लेख गनु{भयो । मुलुकको पय{टन प्रवद्ध{नका लागि आन्तरिकसँगै क्षेत्रीय पय{टन प्रवद्ध{्नलाई मुख्य जोड दिएको पाटा नेपालका सिइओ बुडालले बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०२२का लागि पाटाको मुख्य उद्देश्य भनेकै क्षेत्रीय सहकाय{ गने{ हो ।”

आन्तरिक पय{टन मुलुकको पय{टनको मेरुदण्ड हो । योसँगै अव विदेशी पय{टकलाई पनि आकष{क गने{ बेला आइसकेको छ । अमेरिका, युरोपलगायत मुलुकबाट पय{टक भित्र्याउन अझै पनि गाह्रै देखिन्छ । “अहिलेको प्राथमिकता भनेको ‘सट{ हल फ्लाइट’ हुने अन्तरा{ष्ट्रिय बजार नै हो”, उहाँले भन्नुभयो । पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलङ्का, भुटान, म्यान्मारलगायत मुलुकसँग दुईतफी{ क्षेत्रीय पय{टन प्रवद्ध{न गने{ उद्देश्य राखेको उहाँले जानकारी दिनुभयो ।