एमाले सामाजिक न्याय र समृद्धिको अभियन्ता : अध्यक्ष ओली

एमाले सामाजिक न्याय र समृद्धिको अभियन्ता : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई रक्षा गर्दै सामाजिक न्याय र समृद्धिको अभियन्ताका रुपमा एमाले अगाडि बढेको बताउनुभएको छ । सो पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजना गरेको अखिल शुभकामना साँझमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी समृद्धिको यात्रामा निरन्तर अगाडि बढिरहेका छौँ । हामी समाजका सबै क्षेत्रलाई अगाडि बढाउने अगुवाका रुपमा हामी अघि बढ्न चाहान्छौँ । त्यसका क्रममा विद्यार्थी सङ्गठनले चलाएको सांस्कृतिक र अतिरिक्त क्रियाकलापले पनि योगदान दिन सक्नेछ ।” अध्यक्ष ओली बाँकेको नेपालगञ्जको पार्टी प्रवेशमा सम्बोधन गरेर आजै काठमाडौँ फर्कनुभएको थियो । कार्यक्रममा लोकप्रिय कलाकार पृतम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहको थियो ।

यसैबीच, एमालेको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि आज बागमती प्रदेशस्तरको जनपरिचालन कार्यक्रममा सो पार्टीका महासचिव र्ईश्वर पोखरेलले महाधिवेशनमा कुनै प्यानलगत उम्मेदवारी नभई सकेसम्म सहमतिका आधारमा चयन हुने बताउनुभयो । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

यो पनि – प्रदेशसभाका गतिविधि आमनागरिकको पहुँचमा छ : सभामुख श्रेष्ठ

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका गतिविधि आमनागरिकको पहुँचमा रहेको बताउनुभएको छ । प्रदेशसभा सचिवालयमा आज भएको ‘संसदीय खुलापन र पारदर्शितामा असल अभ्यास’ सम्बन्धी अन्तक्र्रियामा सभामुख श्रेष्ठले प्रदेशसभाले पक्षपातरहित काम गरेको दाबी गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा जनपत्र मिडियाले अयोजना गरेको कार्यक्रममा श्रेष्ठले प्रदेशसभाले नागरिकको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको उल्लेख गर्नुभयो । उहाँले संसद् सञ्चालनका क्रममा विगतमा केही कमजोरी भएको भए पनि कमजोरी सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेशसभाका निमित्त सचिव विनोद अमात्यले प्रदेशसभाले हालसम्म गरेका कानूनका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले प्रदेशसभाबाट हालसम्म ६२ वटा ऐन पारित तथा संशोधित भएको जानकारी दिनुभयो । “प्रदेशमा ८२ वटा कानून निर्माण गर्नुपर्ने पहिचान भएको छ । पहिचान भएर पनि बन्न बाँकी ऐन ४५ वटा रहेका छन्”, उहाँले भन्नुभयो ।

कार्यक्रममा भर्चुअल विधिमार्फत सार्वजनिक लेखा समितिका सभापति न्युछेनारायण श्रेष्ठ, प्रदेश मामिला समितिका सभापति माधव पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रकारले प्रदेशसभामा खुलापनलाई ध्यान नदिएको गुनासो व्यक्त गरेका थिए ।