भक्तपुर नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका ९० प्रतिशत नागरिकको पहुँचमा स्वास्थ्य बीमा सेवा पु¥याउने भएको छ । भक्तपुर नगरपालिका र बीमा समितिको संयुक्त आयोजनामा भएको अन्तक्र्रियामा नगर प्रमुख सुनिल प्रजापतिले भन्नुभयो, “नेपाल सरकारको स्वास्थ्य बीमाको कार्यक्रमबाट भक्तपुरका ७५ प्रतिशत जनता लाभान्वित भएका छन्, यसलाई ९० प्रतिशत जनताको पहुँचमा पु¥याउने लक्ष्य छ ।”
उहाँले स्वास्थ्य बीमाअन्तर्गतको रकम समयमै निकासा नगरिँदा जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या उत्पन्न भएको बताउनुभयो । नगर प्रमुख प्रजापतिले बीमा कम्पनीबाट हुने झन्झटले गर्दा जनताले अनाहकमा दुःख पाउने गरेकाले बीमाप्रति जनताको विश्वास हट्दै गएको बताउनुभयो ।
कार्यक्रममा बीमा समितिका उपनिर्देशक सन्तोष कार्कीले बीमा संस्थानको कूल लगानी चार खर्ब बराबरको रहेको तबताउँदै नेपालमा तीन प्रकारका बीमा कम्पनी रहेको चर्चा गर्नुभयो । बीमा समितिबाट इजाजत प्राप्त १९ वटा जीवन बीमा कम्पनी रहेको, २० वटा निर्जीवन बीमा कम्पनी रहेको भन्दै उहाँले दुई वटा पुनःबीमा कम्पनी रहेको अवगत गराउनुभयो ।
यो पनि – मेलम्चीको चार विधेयक संशोधनसहित पारित
मेलम्ची नगरपालिकाको दशौँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले मेलम्ची नगरपालिकाको विनियोजन ऐन २०७८ संशोधन विधेयक २०७८, सहकारी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७८, लेखा समिति कार्यसम्पादन कार्यविधि २०७८ र आर्थिक ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०७८ संशोधनसहित पारित गरेको छ ।
नगर प्रमुख डम्बर अर्यालले आर्थिक वर्ष २०७८÷७९को पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा राहत पुनःस्थापना नदी नियन्त्रण र बाढीका कारण अवरुद्ध भएको सडक मर्मतसम्भार गरी पुनःसञ्चालनको लागि हालसम्म रु दुई करोड ४७ लाख ५५ हजार खर्च भएको उल्लेख गरीएको छ । हालसम्म मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रु पाँच करोड ४४ लाख ४६ हजार ६०० सहयोग प्राप्त भएको नगर प्रमुख डम्बर अर्यालले उल्लेख गर्नुभयो ।
मेलम्ची–११ डुडेबेँसीमा १५ शय्याको अस्पताल निमार्णको लागि रु १५ करोड ९१ लाख ८५ हजार ७०० मा ठेक्का सम्झौता भई अस्पताल निमार्ण कार्य भइरहेको, मेलम्ची–१२ मा सहरी क्लिनिक सञ्चालनको लागि एकतले भवन निर्माणको काम सम्पन्न भएको, मेलम्ची–१२ स्थित टुनिखर्कमा फोहोरमैला व्यवस्थापन कार्य सुरु भएको प्रतिवेदनमा उल्लेख गरीएको छ । प्रतिवेदनमा चालु आर्थिक वर्षमा इन्द्रावती र मेलम्ची नदी क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा बिक्री गरी आन्तरिक राजस्व सङ्कलनको लागि रु २४ करोड ९५ लाख ५७ हजारमा तीनपिप्ले निर्माण सेवा काठमाडौँसँग ठेक्का सम्झौता गरिएको अर्यालद्वारा प्रस्तुत भएको प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया