प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घका अध्यक्ष उमर क्रमलेभले आज साँझ गर्नुभएको भेटमा प्रधानमन्त्री देउवाले सम्भावना बोकेको खेला भएकाले स्तरोन्नतिका लागि सरकारको तर्फबाट सक्दो सहयोग गने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य पुष्पराज पन्तका अनुसार सङ्घको निमन्त्रणामा महासङ्घका अध्यक्ष उमरसहित छ सदस्यीय टोली नेपाल आउनुभएको हो । भेटका क्रममा महासङ्घका अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्नसक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उमरको टोली तीन दिनसम्म नेपालमा रहने छ ।

यो पनि – देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन कांग्रेस मात्र सक्छ : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन कांग्रेसले मात्र सक्ने दाबी गर्नुभएको छ । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर ४ को क्षेत्रीय अधिवेशनलाई उद्घाटन गर्नुहुँदै मन्त्री कार्कीले उहाँले जनताको अभिलाशा तथा अकांक्षा पूरा गर्ने एकमात्र पार्टी कांग्रेस मात्र भएको बताउनुभयो । जनताको अधारभूत आवश्यक्ता शिक्षा, स्वास्थ्य, सडक, बत्तीलगायत विकास निर्माण विभिन्न कार्य पूरा गर्ने पार्टी कांग्रेस नै भएको मन्त्री कार्कीले दाबी गर्नुभयो ।
उहाँले कांग्रेस सबै जातजाति, भाषा, धर्म, संस्कृति र देशका कुनै पनि कुनामा बसेका व्यक्तिको साझा पार्टी भएको बताउनुभयो । मन्त्री कार्कीले पार्टीलाई बालियो र प्रभावकारी बनाउन सबै एकजुट हुन आवश्यक रहेकामा जोड दिनुभयो । कांग्रेसको नेतृत्वमा वडादेखि केन्द्रसम्ममा योग्य सक्षम र कांग्रेसको सङगठनलाई बलियो बनाउन सक्ने नेतृत्वलाई चयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस १ नम्बर प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले सहमति, सहकार्य र एकतालाई अवलम्बन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सङ्घीय सांसद सीताराम मेहता, इनरुवा नगर प्रमुख राजन मेहता, हरिनगरका अध्यक्ष गफार अन्सारी, सुनसरी कांग्रेसका सचिव केदार भण्डारी, कोषाध्यक्ष पङ्कज महतो, पूर्वसभापति रामबहादुर बस्नेत, प्रदेशका सभापति हारुण अन्सारी र उपेन्द्र कटवाललगायतका नेताको सहभागिता थियो । कार्यक्रम क्षेत्री सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



प्रतिक्रिया