जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । जिल्लाको मेलौली नगरपालिकाले आज एक सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो । मेलौली–१ स्थित मेलौली भगवती मन्दिरमा बिहीबार र शुक्रबार बलिसहित भव्य जात्रा लाग्ने गर्दछ ।
बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले जानकारी दिनुभयो । मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गर्छन् ।
यस्तै सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि बिहीबार एक दिन सार्वजनिक दिने निर्णय गरेको छ । नगरप्रमुख नरेन्द्रसिंह थापाले एक सूचना जारी गर्दै नगरपालिकाको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा बिहीबार कात्तिक शुक्ल चतुदर्शीका दिन जात्रा लाग्ने भएकाले बिदा दिइएको जनाइएको छ । बिदाको दिन सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालयलगायतका कार्यालयमा बिदा रहने जनाइएको छ । जगन्नाथ मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन भव्य जात्रा लाग्ने गरेको छ ।
यो पनि – देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन कांग्रेस मात्र सक्छ : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन कांग्रेसले मात्र सक्ने दाबी गर्नुभएको छ । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर ४ को क्षेत्रीय अधिवेशनलाई उद्घाटन गर्नुहुँदै मन्त्री कार्कीले उहाँले जनताको अभिलाशा तथा अकांक्षा पूरा गर्ने एकमात्र पार्टी कांग्रेस मात्र भएको बताउनुभयो । जनताको अधारभूत आवश्यक्ता शिक्षा, स्वास्थ्य, सडक, बत्तीलगायत विकास निर्माण विभिन्न कार्य पूरा गर्ने पार्टी कांग्रेस नै भएको मन्त्री कार्कीले दाबी गर्नुभयो ।
उहाँले कांग्रेस सबै जातजाति, भाषा, धर्म, संस्कृति र देशका कुनै पनि कुनामा बसेका व्यक्तिको साझा पार्टी भएको बताउनुभयो । मन्त्री कार्कीले पार्टीलाई बालियो र प्रभावकारी बनाउन सबै एकजुट हुन आवश्यक रहेकामा जोड दिनुभयो । कांग्रेसको नेतृत्वमा वडादेखि केन्द्रसम्ममा योग्य सक्षम र कांग्रेसको सङगठनलाई बलियो बनाउन सक्ने नेतृत्वलाई चयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस १ नम्बर प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले सहमति, सहकार्य र एकतालाई अवलम्बन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सङ्घीय सांसद सीताराम मेहता, इनरुवा नगर प्रमुख राजन मेहता, हरिनगरका अध्यक्ष गफार अन्सारी, सुनसरी कांग्रेसका सचिव केदार भण्डारी, कोषाध्यक्ष पङ्कज महतो, पूर्वसभापति रामबहादुर बस्नेत, प्रदेशका सभापति हारुण अन्सारी र उपेन्द्र कटवाललगायतका नेताको सहभागिता थियो । कार्यक्रम क्षेत्री सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया