संविधानमा कर्तव्य र अधिकार स्थापित ः सुवास नेम्वाङ

संविधानमा कर्तव्य र अधिकार स्थापित ः सुवास नेम्वाङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संविधानसभा अध्यक्ष एवं नेकपा एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले जनताले नै जनताका लागि बनाइएको यो संविधानमा कर्तव्य र अधिकार स्थापित गरेको बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधानको कार्यान्वयनमा वुद्धि र क्षमताको आवश्यकता औँल्याउँदै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर किन फिर्ता गर्नुपरेको हो भन्ने प्रश्न गर्नुभयो । उहाँले सर्वोच्च अदालतको आन्तरिक विषयमा दलहरुले गम्भीर भएर बोल्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले सरकारले सर्वदलीय बैठक बोलाएर एमसिसीको विषयमा धारणा राख्नुपर्ने कुरामा जोड दिनुभयो । अध्यक्ष नेम्वाङले जनता अहिले पनि एमालेका साथमा रहेको चर्चा गर्दै राजनीति भनेको नै सेवा हो भन्नुभयो ।

यो पनि – राष्ट्रहित र जनहितमा काम गर्ने अभियानको थालनी गरेको छु ः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा काम गर्ने अभियानको आफूले थालनी गरेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले सङ्घीयताको मर्म बाहिर गएर काम गर्नेलाई रोक्ने प्रयास पनि आफूले गरिरहेको बताउनुभयो ।

कानुनले छोरीको नाममा पनि अंशको व्यवस्था गरे पनि त्यसलाई अझै कार्यान्वयनमा नल्याएको भन्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “छोरीको नाममा पनि सम्पत्ति भन्ने कानुनलाई कार्यान्वयनमा ल्याउने छु, अहिले पनि अंशवण्डा हुँदा मालपोत कार्यालयले छोरी छ कि खोज्दैन, अबको एक दुई दिनभित्रै मालपोतले अंशवण्डा गर्दा छोरी खोज्नेगरी व्यवस्था गराउँछु ।”

प्रतिगामी तत्वले अहिले पनि संविधान मास्न खोजिरहेको भन्दै मुलुकमा अग्रगमन र प्रतिगमनको द्वन्द्व चलिरहेको छ भन्नुभयो । ठाउँ पाउदा फेरी पनि संविधानविरोधी तत्व अगाडि आउन सक्छन् भन्दै उहाँले सचेत हुनु जरुरी रहेको र पत्रकारले संविधानको रक्षाका लागि कलम चलाउनुपर्ने भनाइ राख्नुभयो । मन्त्री श्रेष्ठले उपत्यकामा रहेका स्ववासीहरुले लालपूर्जा नपाएर खेपिरहनु परेको समस्या तथा हलिया र कमलरीको समस्या समाधान गर्न आफूले छिटो र छोटो प्रक्रिया अगाडि बढाएर लागिएको बताउनुभयो ।

जनतालाई सही सूचना सम्प्रेषण गर्ने गरी अग्रगमनको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो । कार्यक्रममा प्रेस सेन्टरका बलराम थापा, माओवादी केन्द्रका नेता देवेन्द्र श्रेष्ठ, सेन्टरका जिल्ला संयोजक सञ्जीप, शुभचिन्तकलगायतले पत्रकारिता निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो ।