एक्लाएक्लै चुनाव लडे एमाले पहिलो बन्छ ः योगेश भट्टराई

एक्लाएक्लै चुनाव लडे एमाले पहिलो बन्छ ः योगेश भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एक्लाएक्लै चुनाव लड्ने हो भने आगामी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ ।आज मकवानपुरको मनहरीमा आयोजित एमाले गाउँकमिटीको शपथग्रहण कार्यक्रममा नेता भट्टराईले विभाजनले एमालेलाई खासै असर नगरेको उल्लेख गर्नुभयो । उहाँले एमालेबाट केही समूह चोइटिएर गएको बताउँदै त्यसलाई रोक्न प्रयास गर्दा पनि नसकेको बताउनुभयो । पार्टी नफुटाउन गरेको अनुनय नेता माधव नेपालले नसुनेको उहाँको आरोप थियो ।

भट्टराईले मङ्सिर १० गतेदेखि चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभयो । “देशको सबै जिल्ला र सङ्घ सङ्गठनबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन्, त्यसैले हामीलाई नेतृत्व पनि सर्वसम्मत चयन गर्न दबाब छ, हाम्रो अध्यक्ष पनि सोही कुरामा चिन्तित हुनुहुन्छ”, भट्टराईले भन्नुभयो । कार्यक्रममा भट्टराईले नवीन सुवेदीको अध्यक्षतामा गठित नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको शपथ गराउनुभएको थियो ।

यो पनि – संविधानमा कर्तव्य र अधिकार स्थापित ः सुवास नेम्वाङ

संविधानसभा अध्यक्ष एवं नेकपा एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले जनताले नै जनताका लागि बनाइएको यो संविधानमा कर्तव्य र अधिकार स्थापित गरेको बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधानको कार्यान्वयनमा वुद्धि र क्षमताको आवश्यकता औँल्याउँदै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर किन फिर्ता गर्नुपरेको हो भन्ने प्रश्न गर्नुभयो । उहाँले सर्वोच्च अदालतको आन्तरिक विषयमा दलहरुले गम्भीर भएर बोल्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले सरकारले सर्वदलीय बैठक बोलाएर एमसिसीको विषयमा धारणा राख्नुपर्ने कुरामा जोड दिनुभयो । अध्यक्ष नेम्वाङले जनता अहिले पनि एमालेका साथमा रहेको चर्चा गर्दै राजनीति भनेको नै सेवा हो भन्नुभयो ।