नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको बैठकले सम्मानजनक सहभागितासहित सरकारमा जाने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज वीरेन्द्रनगर सुर्खेतमा बसेको दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकारमा माओवादीको सम्मानजनक सहभागिताको सुनिश्चिता सत्ता साझेदार दलभित्र खोज्ने निर्णय गरेको दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले जानकारी दिनुभयो ।
“आज बसेको बैठकमा माओवादीको सम्मानजनक सुनिश्चिततासहितको सहभागिता खोज्ने जिम्मा दलको नेता शाहीलाई दिने निर्णय गरिएको छ”, प्रमुख सचेतक विष्टले भन्नुभयो, “यस विषयमा उहाँ (दलको नेता)ले सत्ता गठबन्धन दलभित्र छलफल गर्नुहुन्छ ।” माओवादी केन्द्रले मुख्यमन्त्री शाही नियुक्त भएदेखि चार मन्त्रीको सुनिश्चितता खोज्दै आएको र आज पनि त्यसैमा टेकेर निर्णय गरिएको उहाँको भनाइ थियो ।
उहाँका अनुसार मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकाले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शाहीले तदारुकता देखाउनुपर्दछ । माओवादीका सकेसम्म नयाँ अनुहारका प्रदेशसभा सदस्य सरकारमा जाने जनाउँदै प्रमुख सचेतक विष्टले आजको बैठकमा जनजीविकाका सवाललाई केन्द्र राखेर छलफल भएको जनाउनुभयो ।
सरकार गठनका लागि सत्ता गठबन्धन दलको नेतृत्वको गरिरहेको नेपाली कांग्रेसले मुख्यमन्त्रीबाहेक दुई, माओवादी केन्द्रले चार र नेकपा (एकीकृत समाजवादी) ले तीन मन्त्री हुनुपर्ने दाबी गरिरहेका छन् । प्रदेशसभा सदस्यका हिसाबले माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र समाजवादीका तीन जना छन् ।
यो पनि – विप्रेषणलाई दीर्घकालीन हितका लागि उपयोग गर्न आग्रह
दोलखाको वैतेश्वर गाउँपालिका–३ मैनापोखरीका जीवेश दाहाल संयुक्त अरब इमिरेटमा काम गर्नुहुन्छ । देशभित्र रोजगारीको अवसर नपाएपछि विदेशिनु भएका दाहालले आईएमई मार्फत रु एक लाख ५६ हजार ५५८ घर पठाउनुभयो ।उहाँका लागि यो नियमित प्रक्रिया जस्तै थियो । दुःख गरेर कमाएको पैसा सहजै घर परिवारमा पुगोस् भन्ने मात्रै चाहना थियो । आईएमईले हरेक वर्षजस्तै यसवर्षको चाडपर्वका अवसरमा समेत ‘आईएमई डबलको डबलको डबल’ अफर सञ्चालन गरेको थियो । सोही क्रममा आज आईएमईले प्रविधिमा आधारित ‘लक्की ड्र’ ग¥यो । त्यसमा सार्वजनिक गरिएको नतिजाअनुसार आईएमईका सेवाग्राही दाहाल विजेता छनोट हुनुभयो ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तगा ब्राण्ड एम्बेसडर दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गर्नुभएको थियो । बम्पर पुरस्कारमा दाहालले पठाएको रकमको आठ गुणा बढी प्राप्त गर्नुभएको छ । त्यो भनेको रु १२ लाख ५२ हजार बराबरको रकम रहेको आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले जानकारी दिनुभयो ।बम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बताउनुभयो । उहाँका घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा आईएमई गु्रपका अध्यक्ष ढकालले विप्रेषणलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो । उहाँले अहिले विप्रेषणको अधिकांश हिस्सा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको बताउँदै त्यसलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।
“आजभन्दा २० वर्ष अगाडि नेपालमा २० प्रतिशत औपचारिक रुपमा र बाँकी अनौपचारिक रुपमा स्वदेशमा पैसा आउँथ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ, यसमा हामीले महत्वपूर्ण काम गरेको आभास भएको छ, देशमा रेमिट्यान्स भित्र्याउन समग्र अर्थतन्त्रमा योगदान पु¥याउनका लागि महत्वपूर्ण काम गरेको हाम्रो बुझाइ छ,” उहाँले भन्नुभयो । आईएमईका प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा होस् वा अन्य समयमा पनि आम सर्वसाधारणका समस्या समाधान गर्ने प्रयास आईएमईले हरेक वर्ष गर्दै आएको जानकारी दिनुभयो ।
–––
प्रतिक्रिया