बझाङको थलारा गाउँपालिकाको स्वास्थ्य शाखामा विद्युत् सर्ट भई आगलागी भएको छ । आज बिहान ११ः३० बजे स्वास्थ्य शाखाको स्टोरमा विद्युत् सर्ट भई आगो लाग्दा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगोले स्वास्थ्य शाखाको स्टोरमा भण्डारण गरिएको औषधि, सर्जिकल सामान, स्वास्थ्यचौकीले वितरण गर्न ल्याएको पाँच÷पाँच थान ल्यापटप, प्रिन्टर, डेस्कटप कम्प्युटर जलेर नष्ट भएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।
आगलागीबाट स्वास्थ्य शाखा भवनसँगै रहेको कर्मचारी आवासमा पनि क्षति पुगेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताउनुभयो । उपाध्यायका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम ओली, सबओभरसियर चक्रबहादुर थापा र खानेपानी तथा सरसफाइ सहजकर्ता भोजराज पाण्डे बस्ने तीन कोठामा रहेका ओड्ने ओछ्याउने, लगाउने कपडालगायत सबै सामान जलेर पूर्णरूपमा नष्ट भएका छन् । गाउँपालिकाले घर भाडामा लिएर स्वास्थ्य शाखा सञ्चालन गरिरहेको थियो । आगलागीबाट के–कति क्षति भयो भन्नेबारे यकिन भएको छैन । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यो पनि – सर्वोच्चमा अदालतमा सबैखाले मुद्दामा सुनुवाइ
सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणसहित सबैखाले मुद्दामा सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो । तीमध्ये न्यायाधीश बमकुमार श्रेष्ठ र डा कुमार चुँडालको संयुक्त इजलास, न्यायाधीश टङ्कबहादुर मोक्तान र कुमार रेग्मीको संयुक्त इजलास, न्यायाधीश तेजबहादुर केसी र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरणसहित सबैखालको मुद्दामा सुनुवाइ भएको हो ।
प्रधानन्यायाधीश राणाले आज नौवटा इजलासमा पेसी तोक्नुभएको थियो । उहाँले आफ्ना लागि कुनै पनि इजालास तोक्नुभएको थिएन । पेसीमध्ये एउटा पूर्ण इजालास, सात वटा संयुक्त र एउटा एकल इजलासमा रहेको थियो । गत कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीशमाथि विभिन्न प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । सर्वोच्च अदालतमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ ।
प्रधानन्यायाधीश राणाले सोमबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित अन्य प्रतिवेदन पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
पछिल्लो केही दिनदेखि न्यायाधीशद्वय तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाशकुमार ढुङ्गाना, डा कुमार चुँडाल, बमकुमार श्रेष्ठ, डा मनोजकुमार शर्माले इजलसामा बन्दीसहित सबै खालका मुद्दाको सुनुवाइ गरिरहनुभएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमतिरुपमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।



प्रतिक्रिया