साउदी नेतृत्वको गठबन्धनले बिहीबार बिहान यमनको राजधानी सानामा हुथी मिलिशियाद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आ.क्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ । हवाई आ.क्रमणबाट उत्तरी र दक्षिणी सानामा रहेको धाबान र अल–नहदयन शिविरमा आ.क्रमण गरेको टेलिभिजनले प्रसारण गरेको छ । साउदीको स्वामित्वमा रहेको अल–अरेबिया टिभीले गठबन्धनले साउदी अरेबियाको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा लक्षित बमले भरिएको ड्रोनलाई रोकेको केही घण्टापछि हवाई आक्रमण भएको हो ।
इरान समर्थित हुथी मिलिसियाले हालै सीमापार क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तीव्र पारेको छ । फेब्रुअरीमायमन विद्रोही समूहले मध्य यमनको अत्यधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेना विरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो ।
यो पनि – भेनेजुएलाद्वारा इयु प्रतिबन्धको निन्दा
भेनेजुएलाका विदेश मामिलामन्त्री फेलिक्स प्लासेन्सियाले बिहीबार युरोपेली सङ्घ (ईयू) को परिषद्द्वारा दक्षिण अमेरिकी देशका अधिकारीहरू विरुद्ध अर्को एक वर्षको लागि प्रतिबन्ध नवीकरण गर्ने निर्णयको निन्दा गर्नुभएको छ । “हामी हाम्रा जनता विरुद्धको नयाँ आक्रमणको कडा निन्दा गर्दछौं र हामी यो अपमानजनक नवीकरणलाई शत्रुताको कार्य मान्दछौं,“ प्लासेन्सियाले ट्विटरमा लेख्नुभएको छ ।
प्लासेन्सियाका अनुसार यो कदम नोभेम्बर २१ मा हुने क्षेत्रीय र स्थानीय चुनावको नेतृत्वमा सत्तारुढ समाजवादी पार्टीलाई कमजोर पार्ने उद्देश्यले गरिएको हो । काउन्सिलको उद्देश्य “आउँदो आइतबार लोकतान्त्रिक उत्सव टारपेडो“ जस्तो देखिन्छ । प्रतिबन्धले वर्तमान उपराष्ट्रपति डेल्सी रोड्रिग्वेज, सैन्य नेता र प्रतिनिधिसहित ५५ जना भेनेजुएला अधिकारीलाई लक्षित गरेको छ ।
यो पनि – रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छः पुटिन
रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताउनुभएको छ । दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा भन्नुभयो- “हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौं ।” उहाँले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरराज्यीय सहयोगको नमुनाका रूपमा काम गरेको बताउनुभयो ।
राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले “खुल्ला रूपमा मस्को र बेइजिङको बीचमा फाटो ल्याउने प्रयास गरिरहेको” समेत टिप्पणी गर्नुभएको छ। “हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौं,” उहाँले भन्नुभयो



प्रतिक्रिया