सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छु : मन्त्री आले

सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छु : मन्त्री आले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गीत सङ्गीत क्षेत्रको विकासका लागि आफूले पूर्णसहयोग गर्ने बताउनुभएको छ । सङ्गीत कर्मी सङ्घले आज शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आफ्नो पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री आलेले काला, संस्कृति तथा सङ्गीत क्षेत्रको विकासका लागि आवश्यक सहयोगका लागि आफू तयार रहेको बताउनुभयो ।

सो अवसरमा मन्त्री आलेले सङ्गीत क्षेत्रको विकासका लागि आफूले सक्दो बजेटसमेत विनियोजन गराउने आश्वासनसमेत दिनुभयो । उहाँले भन्नुभयो, “कला, संस्कृति र गीत–सङ्गीत भनेका हाम्रा गहना हुन, यसको संरक्षण र विकास गर्नु हाम्रो प्रमुख दायित्व हो, कला, संस्कृति र गीतसङ्गीतको विकासका लागि मैले बजेट विनियोजन गराउँछु ।”

मन्त्री आलेले नेपालका सबै क्षेत्र तथा भाषाभाषीका कला, संस्कृति र गीतसङ्गीत देश विदेशसम्म फैलाउन र चिनाउनका लागि सबै कलाकार तथा सङ्गीत कर्मीसँग आग्रहसमेत गर्नुभयो । सङ्गीत बिना अधिकांश काम तथा कला अधुरा हुने भएकाले सङ्गीत क्षेत्रको विकास नै आजको प्रमुख आवश्यकता भएको समेत मन्त्री आलेले उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, “सङ्गीत बिना अधिकांश काम तथा कला अधुरा हुने भएकाले सङ्गीतको विकास गर्नु प्रमुख आवश्यकता भएको छ ।” सोही अवसरमा सङ्गीत कर्मी सङ्घले मन्त्री आलेलाई सम्मानसमेत गरेको थियो ।

यो पनि – साहित्यिक पत्रकार सङ्घमा दुवाल

नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय सम्मेलनले ‘जनमत’ साहित्यिक मासिकका प्रधानसम्पादक मोहन दुवालको अध्यक्षतामा सर्वसम्मतिले ३५ सदस्यीय केन्द्रीय समिति निवाचित गरेको छ ।

काभ्रेको वनेपामा आज सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गङ्गा सुवेदी, महासचिवमा चेतनाथ धमला, उपमहासचिवमा नवराज रिजाल, सचिवमा होमशङ्कर बास्तोला र लक्ष्मीप्रसाद भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजु चयन हुनुभएको छ । केन्द्रीय सदस्यमा गणेश राई, यायत्रीकुमार चापागाईँ, प्रकाश सिलवाल, यादव भट्टराई, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, डा शैलेन्दूप्रकाश नेपाल, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, नवदीव श्रेष्ठ, जगत वाशिष्ठ र रामसुन्दर देउजा हुनुभएको छ । बाँकी सदस्य पछि मनोनयन गरिनेछ ।

विस २०६३ मा स्थापित सो सङ्घको केन्द्रीय सल्लाहकारमा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी उप्रेती, डा रेवतीरमण लाल र वासुदेव अधिकारी चयन गरिएको छ । सम्मेलनले साहित्यिक पत्रपत्रिकालाई राज्यले अपेक्षा गर्न नहुनेलगायत १३ बुँदे वनेपा घोषणापत्र जारी गरेको छ ।
–––