संवेदनशील बन्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन

संवेदनशील बन्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय परीक्षा बोर्डलाई चुस्तदुरुस्त हुन निर्देशन दिनुभएको छ । अनुगमनका गर्न बोर्डको सानोठिमीस्थित कार्यालयमा आज पुग्नुभएका मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएको भन्दै संवेदनशील बन्न कर्मचारीलाई आग्रह गर्नुभयो । “परीक्षा हुनुअगाबै प्रश्नपत्र बाहिरिने गुनासो छ”, उहाँले भन्नुभयो, “यदी त्यस्तो हो भने राष्ट्रसेवक कर्मचारी सम्वेदनशील हुनुस् ।” परीक्षा बोर्डमा भएका समस्याको टिपोर्ट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन मन्त्रीले कर्मचारीलाई निर्देशन दिनुभयो । “जनशक्ति, भौतिक पूर्वाधार निर्माण र कमजोर आइटी पूर्वाधारलगायत समस्या छन्”, मन्त्री पौडेलले भन्नुभयो, “यी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा पनि ल्याउनुृस्, छलफल गरेर समाधान गरौँ ।”

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको बताउँदै मन्त्रीले प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न निर्देशन दिनुभयो । उहाँले कर्मचारीबीच समन्वय गरी जनताले देखिने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । किताब समयमै विद्यार्थीको हातमा पु¥याउन शिक्षामन्त्रीको निर्देशन यसैबीच मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रलाई समयमै विद्यार्थीको हातमा किताब पु¥याउन निर्देशन दिनुभएको छ । आज अनुगमनका लागि त्यहाँ पुग्नुभएका मन्त्री पौडेलले मौजुदा मेसिनबाटै काम गरी समयमै विद्यार्थीको हातमा किताब पु¥याउने गरी काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले पुराना मेसिनको तथ्याङ्क सङ्कलन गरी मन्त्रालयमा ल्याउन निर्देशन दिनुभयो । “कहिलेका मेसिन हुन्, त्यसको तथ्याङ्क ल्याउनुस्”, उहाँले भन्नुभयो, “तथ्याङ्कपछि नयाँ मेसिन खरिदका लागि अर्थ मन्त्रालयलाई भनौँला ।” मन्त्री पौडेलले एक कक्षादेखि १२ कक्षासम्मका पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई नै दिनुपर्ने बताउनुभयो । जनक शिक्षाले गुणस्तर छपाई, सबै पुस्तक ढुवानीमा सहजता र विद्यार्थीको हातमा एकै पटक पुस्तक पु¥यानुपर्ने बताउनुयो ।

यो पनि –  माओवादी अध्यक्षसँग सहायक विदेशमन्त्री लुको शिष्टाचार भेट

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गर्नुभएको छ । भेटपछि सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) फिर्ता जाओस् भन्ने पक्षमा आफूहरू नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो पैसा हाम्रो विकासका लागि आवश्यक छ, उहाँहरू पैसा दिन तयार हुनुुुुुहुन्छ, हामी लिन तयार छौँ । सिद्धान्तमा समस्या छैन तर यहाँ केही अन्योल र आशङ्का भने पक्कै भएको छ ।”

उत्पन्न शङ्कालाई सकेसम्म सकारात्मकरुपमा कसरी समाधान गर्न सकिन्छ भन्नेबारेमा छलफल भइरहेको जानकारी गराउँदै अध्यक्ष दाहालले भन्नुभयो, “पहिलेको भन्दा केही परिमार्जन भएर आएपछि के हो भन्ने आशङ्का पैदा भएको छ । समस्या यही भएको हो ।” सुरुआती हस्ताक्षरका समयमा सदनबाट अनुमोदनसम्बन्धी प्रावधान नरहेकामा पछि आएकाले अन्योल पैदा भएको जानकारी गराउँदै उहाँले एमसिसीका सम्बन्धमा सर्वदलीय बैठक डाक्ने निर्णय भइसकेको पनि जानकारी गराउनुभयो ।

अमेरिकी सहायक विदेशमन्त्री लुले अमेरिका नेपालले यस विषयलाई आगामी डिसेम्बर १४ सम्म टुङ्ग्याए सहज हुने बताएपछि अध्यक्ष दाहालले टुङ्ग्याउने कोशिस गर्ने विश्वास दिलाउनुभयो । सहायक विदेशमन्त्रीसँग भएको छलफल सुनाउँदै अध्यक्ष दाहालले भन्नुभयो, “अमेरिका आफ्नो ढङ्गले अघि बढेर केही निर्णय गरिसकेको छ, सकारात्मक वातावरण बनाउनेतर्फ हाम्रो पनि काम हुनेछ ।”

नेपालमा रोजगारी सिर्जना गर्ने भएकाले सहयोग आवश्यक रहेको विषय अध्यक्ष दाहालले सो अवसरमा बताउनुभएको थियो । नेपालको समग्र विकास प्रक्रिया र विकासका सम्भावनाका क्षेत्रबारे सौहार्दपूर्ण वातावरणमा खुला छलफल भएको बताउँदै उहाँले सहायक विदेशमन्त्री लु पहिलो नै पटकपटक नेपाल आएकाले यहाँको स्वच्छ ऊर्जाको नेपालमा ठूलो सम्भावना छ भन्नेबारे जानकार रहेको बताउनुभयो ।

कृषि क्षेत्र र औद्योगिक क्षेत्रको विकास, कृषिमा आधारित उद्योग नै युवालाई रोजगारीका लागि सबैभन्दा उपयुक्त क्षेत्र रहेको तथा पर्यटन क्षेत्रका विकासबारे आफूले कुरा राखेको बताउँदै अध्यक्ष दाहाले नेपालका शान्ति प्रक्रिया र द्वन्द्व व्यवस्थापनबारे जानकारी गराउनुभएको थियो । नेपालको द्वन्द्व कसरी शान्तिमा परिणत भयो, हतियार र लडाकु व्यवस्थापनमा आफूले खेलेको भूमिकाबारे जानकारी गराउँदै उहाँले नेपालको शान्ति प्रक्रियाको सफल उदाहरणलाई पश्चिमा मुलुकले आवश्यकरुपमा ग्रहण नगरेकोप्रति गुनासो गर्नुभएको थियो ।