गृहमन्त्री बालकृष्ण खाँणले विविध कठिनाइका बीच घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणालीलाई वडास्तरसम्म विस्तार गरिएको जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को आयोजनामा भएको घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापनसम्बन्धी सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गृहमन्त्री खाँणले सरकारले सन् २०२४ सम्म घटना दर्तालाई शतप्रतिशत पु¥याउने अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम काम गरिरहेको स्पष्ट पार्नुभयो ।
सम्मेलनामन गृहमन्त्री खाँणले घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापनसम्बन्धी प्रणाली सुदृढीकरण गर्ने सन्दर्भमा देखिएका चुनौती समाधान गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।एशिया तथा प्यासिफिक क्षेत्रका दुई दर्जनभन्दा बढी सदस्य राष्ट्रको सहभागितामा आयोजित सम्मेलनमा नेपालको नेतृत्व गर्दै गृहमन्त्री खाँणले सम्मेलनले एशिया प्रशान्त क्षेत्रमा घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापन कार्यलाई महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।
सबै नेपालीको समयमा नै जनसाङ्ख्यिक विवरण अध्यावधिक गर्न र राष्ट्रिय परिचय कायम गर्न घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापन प्रणाली आधारका रूपमा रहने बताउँदै उहाँले यसको सफल कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । सन् २०१५ देखि २०२४ सम्म घटना दर्ता दशकको मध्यावधि समीक्षा गर्न सम्मेलन आयोजना भएको हो ।
यो पनि – एमाले महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी १० देखि १२ गतेसम्म चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशन प्रचारप्रसार समिति लुम्बिनीले आज बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी तीव्र बनाइएको जनाउँदै रुपन्देहीबाट २२ हजारसहित १२ जिल्लाका प्रतिनिधि सहभागी हुने जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एमाले लुम्बिनीका अध्यक्ष लीला गिरीले महाधिवेशन सम्पन्न गर्न लुम्बिनीमा विशेष तयारी गरिएको बताउनुभयो । महाधिवेशन प्रचारप्रसार विभाग लुम्बिनीका प्रमुख झपेन्द्र जिसीले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ’, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नारासहित हुन लागेको महाधिवेशनले एमालेलाई अझै बलियो बनाउने बताउनुभयो ।
एमाले प्रचारप्रसार विभाग केन्द्रीय सदस्य डिआर घिमिरेले रुपन्देहीमै चितवन महाधिवेशनको झल्को दिने गरी बुटवलका विभिन्न स्थलमा डिजिटल बोर्डको व्यवस्थापन तथा आकर्षक गेट निर्माणको तयारी गरिएको जानकारी गराउनुभयो । प्रचारप्रसार विभाग लुम्बिनीका सदस्य तथा पार्टी प्रचारप्रसार रुपन्देहीका प्रमुख मोहन चापागाईंले यस पटकको महाधिवेशनलाई डिजिटलाइजेशन बनाउने गरी तयारी भइरहेको बताउँदै इ भोटिङ प्रणालीसँगै प्रचारका शैलीमा पनि परिवर्तन गरिएको बताउनुभयो ।



प्रतिक्रिया