महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्छ–सचिव गुरुङ

महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्छ–सचिव गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव पृथ्वीसुव्वा गुरुङले पार्टीको चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल कास्कीको आठौऔँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले पार्टी सङ्गठनलाई थप सङ्गठित एवम् सशक्त बनाउन आशन्न महाधिवेशन सफल बन्ने बताउनुभयो ।

पेशागत मर्यादालाई प्रत्येक सञ्चारकर्मीले आत्मसात गर्दै मिसन पत्रकारितालाई अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । मुलुकमा राजनैतिक अपराधिकरण वढिरहेको बताउँदै सचिव गुरुङले त्यसको सञ्चारकर्र्मीले भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमालेको राजनीतिमा गण्डकी प्रदेशको अहम भूमिका रहेको चर्चा गर्दै उहाँले यस अधिवेशनमा प्रदेशबाट न्यूनतम दुई जना केन्द्रीय पदाधिकारी पाउने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीको गण्डकी प्रदेश संयोजक एवम् निवर्तमान अर्थ मन्त्री किरण गुरुङले पार्टीको दशौँ महाधिवेशन राजनैतिक प्रतिस्पर्धा र मुलुकको समृद्धिका लागि कोशे ढुङ्गा सावित हुने बताउँदै त्यसका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश सचिव एवम् पूर्वमन्त्री जगत विश्वकर्माचाले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना एवम् संस्थागत विकासमा मिडियाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेसचौतारी अनुहार हेरेर नभई नीति, विचारका आधारमा श्रमजीवी पत्रकारको हक हित र अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको बताउनुभयो ।

प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, संस्थाका सचिव मोतिसागर अधिकारी, राजाराम पौडेललगायतले पत्रकारिता क्षेत्रको विकासमा तीन तहका सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिनुभएको थियो ।