स्थानीय अवरोधका कारण सार्वजनिक शौचालय निर्माण हुन सकेन : कामपा

स्थानीय अवरोधका कारण सार्वजनिक शौचालय निर्माण हुन सकेन : कामपा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्थानीयवासीको अवरोधका कारण सार्वजनिक शौचालय निर्माण हुन नसकेको बताइएको छ । विगत तीन वर्षदेखि नै कामपाले हरेक वडामा सार्वजनिक शौचालय निर्माण गर्ने भने पनि अहिलेसम्म नयाँ शौचालय निर्माण काम पनि भएको छैन भने अर्कातिर भएका शौचालयलाई सफाइ गर्ने काम पनि अघि बढ्न सकेको छैन । यसको दोष काठमाडौँ महानगरपालिकाले स्थानीय बासिन्दालाई थुपारेको छ ।

विश्व शौचालय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले ‘सार्वजनिक शौचालय भन्नेबित्तिकै गन्ध आउँछ भन्ने बुझाइ छ । उहाँले विगतमा सञ्चालन गरिएको सार्वजनिक शौचालयको व्यवस्थापनका कारण बनेको नकारात्मक बुझाइका कारण नयाँ शौचालय निर्माणको काम अघि बढ्न नसकेको बताउनुभयो ।

प्रवक्ता डङ्गोलले अब निर्माण हुने शौचालय प्रविधियुक्त र वातावरणमैत्री हुने भन्दै यसका लागि स्वयम्भू र बानेश्वरमा परीक्षण सुरु गरिसकेको जानकारी दिनुभयो । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्यले सरकारले खानेपानी र सरसफाइका लागि विनियोजन गर्ने बजेट बढ्न नसकेकाले पनि यस क्षेत्रमा पर्याप्त काम हुन नसकेको उल्लेख गर्नुभयो । नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि १० प्रतिशत नागरिकले अझै खुलारुपमै दिसा र पिसाब गरिरहेको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

यो पनि – सहिद स्मारक ए डिभिजनको उद्घाटन खेल बराबरीमा टुङ्गियो

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुङिगएको हो । यस बराबरी खेलसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा एक÷एक अङ्क बाँडेका छन् ।

खेलको पहिलो हाफको ११औँ मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङले डिबक्समा दिएको पासलाई सुशील राईले पोष्टको दिशा दिन सकेनन् । त्यस्तै खेलको १९औँ मिनेटमा आकाश बुढामगरको फ्रिकिक पोष्ट माथिबाट बाहिरियो ।खेलको दोस्रो हाफको सुरुआतमै सातदोबाटोका मार्टिन्स अजयीले सिक्स यार्ड बक्सबाट गोल गर्न सकेनन् । उनको हेड प्रहार बाहिरिएको थियो । त्यस्तै खेलको ५७औँ मिनेटमा सातदोबाटोका आकाशबुढा मगरको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले पन्च गर्दै बाहिर पठाए ।

खेलको ५९औँ मिनेटमा फ्रेन्ड्सका नाथननिल गार्सियाको प्रहार पोस्ट बारमा लाग्दै फर्किएको थियो । सातदोबाटोका गोलकिपर अभिषेक बराल अघि बढेको मौकामा गार्सियाले प्रहार गरेका थिए ।खेलको ६६औँ मिनेटमा फ्रेन्ड्सका गार्सियाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले मुश्किलले बचाए । खेलको ७६औँ मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटियो । डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको हो ।

खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो । सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाए । लिगको उपाधि विजेता टोलीले रु ७५ लाख तथा उपविजेताले रु ५० लाख प्राप्त गर्नेछन् । लिगअन्तर्गत भोलि दुई खेल हुनेछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।