कास्कीका छवटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

कास्कीका छवटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ । प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नं १(क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित हुनुभयो । यसैगरी १ को (ख)बाट कृष्णप्रसाद कोइराला निर्वाचित हुनुभएको कास्की कांग्रेसले जनाएको छ ।

क्षेत्र नं २ को (क)बाट दिनेश आचार्य सभापतिमा विजयी हुनुभयो । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टङ्कप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित हुनुभयो । यसैगरी क्षेत्र नं २ को (ख)बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित हुनुभयो । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिव सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजु र सुरेश खवास निर्वाचित हुनुभएएको छ ।

कास्की क्षेत्र नम्बर ३ को (क) बाट पुष्पेन्द्र पाण्डेले दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको छ । उपसभापतिमा मोतिराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गङ्गाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित हुनुभयो । क्षेत्र नं ३ को (ख)बाट जीवनाथ पौडेल निर्वाचित हुनुभयो । प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई÷दुई जना निर्वाचित भएको जनाइएको छ ।

यो पनि – काठमाडौँ क्षेत्र नं २ को प्रदेश ‘क’ मा खड्का र ‘ख’ मा अधिकारी

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ को प्रदेश ‘क’ को सभापतिमा धुव्र अधिकारी र प्रदेश ‘ख’ को सभापतिमा उद्धव खड्का विजयी हुनुभएको छ ।पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न प्रदेशसभा अधिवेशनमा क्रमशः अधिकारी र खड्का सभापतिमा निर्वाचित हुनुभएको हो । प्रदेशसभा ‘क’ को उपसभापतिमा प्रमोद सञ्जेल र मधु पन्थी, सचिवमा भरतबहादुर खड्का र सरोजा सापकोटा तथा सहसचिवमा चोपराज कोइराला र सुजन रेग्मी विजयी हुनुभएको छ । प्रदेशसभा ‘ख’ को उपसभापतिमा प्रकाश स्याङ्बो र सहदेव कार्की, सचिवमा कुमार खतिवडा र आशिष तामाङ तथा सहसचिवमा निरज खड्का र रुपक बस्ताकोटी विजयी हुनुभएको हो ।

यसअघि काठमाडौँको १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् । यस्तै, काठमाडौँमा आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले आगामी मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।