साइन नेपालले जिल्ला कारागार तथा बाल सुधार गृहका कैदीबन्दीका लागि खेलकूद सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएको खेलकूद सामग्रीमा क्यारेम बोर्ड, भलिबल, भलिबल जाली (नेट) लगायत रहेका छन् । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले कारागार तथा बालसुधार गृहलाई सो खेलकूद सामग्री हस्तान्तरण गर्नुभएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो ।
सो अवसरमा प्रजिअ विष्टले साइन नेपालद्वारा हस्तान्तरण गरिएका खेलकूद सामग्रीले कारागार तथा बालसुधार गृहमा राखिएका कैदीबन्दीलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मनोरञ्जन तथा खेलकूद सामग्री नहुँदा कैदीबन्दीलाई दिन बिताउनसमेत समस्या थियो, साइन नेपालले खेलकूदका सामग्री प्रदान गरेपछि अब सहज हुने भएको छ ।” संस्थाले खेलकूद सामग्री प्रदान गरेपछि कैदीबन्दी निकै खुसी भएका छन् ।
यसैगरी उक्त संस्थाले जिल्लाको सायल गाउँपालिका र आदर्श गाउँपालिकामा गएको असोज अन्तिम साता वर्षासँगैको आएको बाढीपहिरा पीडितलाई पनि आज खाद्यान्नलगायत राहत सामग्री वितरण गर्ने जनाएको छ । उक्त संस्थाले जिल्लामा महामारी, विपद्, शिक्षा, स्वास्थ्य, छाउपडीलगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।
यो पनि – दुर्घटनामा एकको मृत्यु, एक घाइते
अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोटर साइकलमा सवार आशिष श्रेष्ठ गम्भीर घाइते भएको र उपचारका लागि उनलाई धुलीखेलतर्फ पठाइएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिनुभयो ।
बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीका अनुसार शव परीक्षणका लागि धुलिखेल लगिएको छ ।



प्रतिक्रिया