नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरका छवटै प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् । शुक्रबार भएको निर्वाचनमा छवटै प्रदेशसभामा नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नं १ को (क) मा सभापतिमा मानबहादुर रोकाया निर्वाचित हुनुभएको छ । त्यस्तै उपसभापतिमा जगदीश राना र पे्रमसिंह ठगुन्ना, सचिवमा जयबहादुर विष्ट र दिपक श्रेष्ठ तथा सह–सचिवमा केशव एसके, र चुँडामणि भट्ट निर्वाचित हुनुभएको छ ।
यसैरी निर्वाचन क्षेत्र नं १ को (ख) को सभापतिमा चेतनकुमार राई, उपसभापतिमा रामलाल राना र रङ्गवीर चौधरी, सचिवमा खगेन्द्र पण्डित र दिनेश कुँवर तथा सहसचिवमा गीता सबखोली रोकाया र महादेव पाण्डेय निर्वाचित हुनुभएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं २ को (क) को सभापतिमा झङ्कर खड्का (पुरन), उपसभापतिमा उत्तमराज भट्ट र मिनबहादुर विष्ट, सचिवमा नवराज पन्त र लालबहादुर धामी तथा सहसचिवमा गणेशबहादुर विष्ट र धर्मदेव राना निर्वाचित हुनुभएको छ भने सोही निर्वाचन क्षेत्र (ख)को सभापतिमा करनसिंह ऐर, उपसभापतिमा टीकाराम बोहरा र नरबहादुर कुँवर, सचिवमा दिपकराज बोहरा र ज्ञानेश्वरप्रसाद जोशी तथा सहसचिवमा हवल्दार चौधरी र तोयाराज पन्त निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र नं ३ को (क) मा सभापतिमा पद्मराज अवस्थी, उपसभापतिमा कमलसिंह जोरा र जगदीशसिंह विष्ट, सचिवमा तारासिंह भाट र अशोक पाण्डेय तथा सहसचिवमा कैलाश चन्द र टेकबहादुर विष्ट निर्वाचित हुनुभएको छ भने सोही निर्वाचन क्षेत्र (ख) को सभापतिमा पुष्कर जोशी, उपसभापतिमा लालबहादुर शाही र वीरेन्द्र चन्द, सचिवमा पुरुषोत्तम अर्याल र डम्बर गुरुङ तथा सहसचिवमा गणेश रावल र लक्ष्मी मल्ल निर्वाचित भएका छन् ।
यो पनि – एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो
नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाउनु भएको हो । बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो ।
आजै युवा सङ्घ नेपालले महाधिवेशनको प्रचारका लागि काठमाडौँमा मोटरसाइल ¥याली गरेको छ । सङ्का अध्यक्ष किरण पौडेलले ललितपुरको बालकुमारीबाट सुरु भएको ¥याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको जानकारी दिनुभयो । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनमा एक हजार १९९ प्रतिनिति सहभागी हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया