विश्वमा कोभिड १९ सङ्क्रमणका घटनाहरू लगातार पाँच हप्तादेखि बढ्न थालेपछि त्यसको प्रत्यक्ष असर चीनमा पर्न सक्ने भएकाले यस विरुद्ध सचेत रहने बताएको छ ।
राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार चीनले विद्यमान रोकथाम र नियन्त्रण उपायहरूलाई सुदृढ गर्दै प्रभावकारी कार्यान्वयन गर्न जारी राख्नुपर्छ र बन्दरगाह क्षेत्रहरूको महामारी निरीक्षण र नियन्त्रण क्षमतालाई बलियो बनाउनुपर्छ। उनले समाजमा पर्ने असरलाई न्यूनीकरण गर्न चीनले प्रारम्भिक सङ्क्रमण तुरुन्त पत्ता लगाउने उपायहरू, रिपोर्टिङ, क्वारेन्टिन प्रोटोकल र कोभिड-१९ का विरामीहरूलाई तत्काल उपचारको प्रबन्ध मिलाउने लगायतका प्रयत्न अगाडि बढाउँने बताएका छन् ।
यो पनि – जर्जियाको विपक्षी दलका नेताले जेलमै गरेको अनसन अन्त्य
जर्जियाको विपक्षी दलका नेता तथा पूर्वराष्ट्रपति मिखाइल साकाश्भीलीले आमरण अनसन अन्त्य गर्नुभएको छ ।जर्जियाको कारागारभित्रै अनसन सुरु भएको ५० दिनपछि शनिबार उहाँले अनसान अन्त्य गर्नु भएको हो । अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि निजि चिकित्सकको सल्लाहमा उहाँले हालका लागि अनसन अन्त्य गर्नु भएको जनाइएको छ ।
कारागारमा अनसानका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सैनिक अस्पतालमा स्थानान्तरण गरिएको छ । आफुलाई राजनीतिक पूर्वाग्रहका आधारमा गिरफ्तार गरेर जेलमा राखिएको भन्दै उहाँले आफुलाई तत्काल रिहा गर्न माग गर्दै कारागारमै अनसान बस्नु भएको थियो । अनसन गरिरहेका बेला ५३ वर्षीय नेता साकाश्भीली गत बिहीबार बेहोस हुनुभएको थियो । चिकित्सकले उहाँलाई तत्काल अस्पताल लैजान सुझाव दिएका थिए ।
उहाँलाई नियमित स्वास्थ्य परीक्षण गर्नेगरी चिकित्सकको निगरानीमा राख्नु पर्ने र त्यसो गर्न नसकेमा उहाँको जीवन नै खतरामा रहेको चेतावनी चिकित्सकले दिएका थिए । चिकित्सकको सुझाव र सिफारिसका आधारमा न्याय मन्त्री राती ब्रेगाड्जले शुक्रबार उहाँलाई अस्पताल लैजान अनुमति दिनुभएको थियो । “उहाँको स्वास्थ्य र सुरक्षाका लागि राज्य सधैँ तत्पर छ,” मन्त्री ब्रेगाड्जले भन्नुभयो । उहाँले विपक्षी नेता साकाश्भीलीको स्वास्थ्य र सुरक्षाका लागि सबै उपाय अपनाउन सरकार तयार रहेको पनि स्पष्ट पार्नु भएको थियो ।
विपक्षी नेता साकाश्भीलीले अनसन तोडेपनि आफ्नो आन्दोलन र माग भने यथावत रहेको स्पष्ट पार्नु भएको छ । “मैले पूर्वाग्रहपूर्ण तरिकाले मलाइ कारागार राखिएको विषयलाई स्वभाविक मानेको छैन, म यसलाई अवैध र अवैधानिक नै मान्छु, म स्विकार गर्दिन,” उहाँले भन्नु भएको छ । आफुलाई गरिएको अन्यायका विरुद्धमा आफू बाँचुन्जेल लडिरहने र प्रतिवाद गरिरहने अठोट पनि उहाँले व्यक्त गर्नु भएको छ ।
सन् २०१८ मा उहाँलाई वर्षे जेल सजाय तोकिएको हो । पदमा रहँदा शक्ति र श्रोत साधनको दुरुपयोग गरेको आरोपमा उहाँलाई कारागार चलान गरिएको थियो ।त्यस आरोपलाई उहाँले भने अस्विकार गर्दै आउनु भएको छ । अहिलेको सत्ताधारीले आफुलाई राजनीतिक पूर्वाग्रहका आधारमा दोषी देखाएर कारागारमा राख्न लगाएको उहाँको दावी छ ।
स्वास्थ्य अवस्था अति जटिल हुँदासमेत उहाँले आफ्नो अडान र दावीलाई दृढताका साथ कायमै राख्नु भएको छ । चिकित्सकले उहाँको अवस्था अहिले पनि खतरापूर्ण रहेको जानकारी दिएका छन् । तर सुधार भने हुन थालेको उनीहरुले बताएका छन् ।



प्रतिक्रिया