वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन

वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र)ले आज देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएका छन् । वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । सम्मेलन सम्पन्न भएका वडाको तथ्याङ्क सङ्कलन भइरहेको र भोलिसम्म त्यसको विवरण सार्वजनिक हुने उहाँले बताउनुभयो ।

प्राविधिक कारणका कारण केही वडामा सम्मेलन हुन नसकेको र भोलिसम्म सबै वडामा नयाँ नेतृत्व चयन हुने उहाँले बताउनुभयो । माओवादीले आजका लागि देशरभका छ हजार ७४३ वडामा सम्मेलन आयोजना गरेको थियो ।पछिल्ला समय साङ्गठनिक सुदृढीकरणमा जुटेको माओवादीले यही मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

माओवादी केन्द्रले ललितपुरका ६ वटै स्थानीय तहका सबै वडामा नेतृत्व चयन गरेको छ । आज भएको वडा सम्मेलनले ७१ वटा वडामा नयाँ नेतृत्व चयन गरेको माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले जानकारी दिनुभयो । सबै वडामा निर्विरोध रुपमा नेतृत्व चयन भएको उहाँले बताउनुभयो । ललितपुरमा एक महानगर, दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर महानगरपालिकामा २९, महालक्ष्मी नगरपालिकामा १०, गोदावरी नगरपालिकामा १४ वडा रहेका छन् । यस्तै, वाग्मती गाउँपालिकामा ७, कोन्ज्योसोम गाउँपालिकामा ५ र महाङ्काल गाउँपालिकामा ६ वटा वडा छन् ।

यो पनि- माओवादी जनयुद्धको सपना पूरा हुनेछ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादी जनयुद्धको सपना पूरा गर्न नयाँ नीतिका साथ पार्टी अगाडि बढेको बताउनुभएको छ । माओवादी जनयुद्धका सपना अझै बाँकी रहेकाले ती सपना पूरा गर्न नयाँ सोचका साथ पार्टी लागि परेको मुख्यमन्त्री केसीको भनाइ थियो ।नेकपा (माओेवादी केन्द्र) तानसेन नगरका वडाहरुको अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशभित्र माओवादीका एक लाख १५ हजार पार्टी सदस्य रहेको बताउनुभयो । उहाँले पार्टी सदस्य नवीकरणलाई अनलाइनमार्फत गरेर व्यवस्थित गरिएको जानकारी दिनुभयो ।

माओवादी केन्द्र पाल्पाका अधिकांश स्थानमा आज वडा अधिवेशन सम्पन्न भएको छ । तिनाउ गाउँपालिका र रिब्दीकोट, रैनादेवी छहरा गाउँपालिकाका अधिकांश स्थानमा माओवादी केन्द्रको अधिवशेन सम्पन्न भएको छ । तानसेन नगरपालिकाको १ देखि ७ नं वडाका अधिवेशनलाई एकीकृत गरी तानसेनमा सम्पन्न भएको जिल्ला अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो ।