पर्यटन मन्त्रालयले पशुपतिमा योग शिविर गर्दै

पर्यटन मन्त्रालयले पशुपतिमा योग शिविर गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा आइतबार पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा एकदिने योग शिविरको आयोजना गरिने भएको छ । भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा उक्त विशाल योग शिविरको आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ ।

योग शिविरकै दिन मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई पशुपतिनाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको सहसचिव डा टोकराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वामी रामदेव तथा आचार्य बालकृष्णको समुपस्थितिमा हामीले आइतबार योग शिविरको आयोजना गरेका छौँ, योग गर्ने बानीको विकास गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।” मन्त्रालयले आयोजना गर्न लागेको उक्त योग शिविरबाट नेपालीको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा लिइएको छ ।

उक्त योग शिविरमा सर्वसाधारणका लागि निःशुल्करूपमा प्रवेशको व्यवस्था मिलाइएको जनाइएको छ । शिविरमा दशौँ हजार सर्वसाधारणको सहभागिता हुने मन्त्रालयको अपेक्षा छ । योग शिविरपश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । योगगुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा प्रशिक्षण गराउनुभएको थियो । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आउनुभएको हो ।

यो पनि – ‘साहित्य पदासीन अवस्थामा सार्वजनिक गर्न नसकिने’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले साहित्य लेखन विद्रोही हुने भएकाले लेखेका कुरा पदासीन भएका बेला सार्वजनिक गर्न नसकिने अवस्था रहेको बताउनुभएको छ । सभ्यता अनुसन्धान केन्द्रले आज राजधानीमा आयोजना गरेको कथाकार दाजु गुरुङको डायस्पोरिक कथाकृति ‘लाई–सी’ सार्वजनिक कार्यक्रममा उहाँले पदासीन अवस्थामा काँटछाँट गरेर सार्वजनिक गरी पछि फेरि मिलाउनुपर्ने अवस्थासमेत आउने गरेको अनुभव सुनाउनुभएको हो ।

प्रमुख आयुक्त थपलियाले मान्छे जहाँ बसे पनि चेतना उजागर गर्न नछाड्ने भएकाले साहित्य सिर्जना हुने गरेको बताउनुभयो । ‘लाई–सी’ भुइँपात्रलाई नबिर्सिएको कथासङ्ग्रहका रूपमा आएको उहाँले सुनाउनुभयो ।हङकङका धेरै ठाउँको वर्णन गरिएको कथाकृति ‘लाई–सी’ मौलिक, स्पष्ट, विम्बात्मक कथा भएको प्रमुख निर्वाचन आयुक्त थपलियाको अनुभव थियो । लेखकले विदेश बस्दा भोगेका विषयलाई कथाका माध्यमबाट सार्वजनिक गरिएको कार्यक्रममा जानकारी गराइएको छ । कथाकार गुरुङले देशबाट पलायन भएपछि जोसुकै पनि भुइँमान्छे हुने गरेको उल्लेख गर्दै तिनका समस्या उजागर गर्न आफूले साहित्य लेख्ने गरेको बताउनुभयो । परदेशमा समय कम हुने भएकाले साहित्य लेखनमा समस्या हुने गरेको उहाँको अनुभव छ ।

कथासङ्ग्रहको समीक्षा गर्दै प्रा केशव सुवेदीले कथाकारमा भाषामा खेल्न सक्ने असाधारण क्षमता देखिएको बताउनुभयो । विभिन्न प्रवृत्तिविरुद्ध गरिएको व्यङ्ग्य कथामा प्रभावकारी देखिएको उहाँले सुनाउनुभयो । कथाकारले १८ वटा कथामा डायस्पोराका महाख्यान प्रस्तुत गर्नुभएको जनाइएको छ ।

कार्यक्रममा पूर्वराजदूत उदयराज पाण्डे, नेपाल खुला विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा इन्द्रबहादुर कार्की, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, डा नवराज खतिवडालगायत वक्ताले कथासङ्ग्रहलाई अङ्ग्रेजी र चिनियाँ भाषामा पनि अनुवाद गरिनुपर्नेमा जोड दिनुभएको थियो ।