पछिल्लो २४ घण्टामा थप २४२ मा सङ्क्रमण

पछिल्लो २४ घण्टामा थप २४२ मा सङ्क्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मङ्सिर (रासस) : देशभर पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार १३६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १८ हजार ७८७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३०८ जना रहेको छ । आज ४४४ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार ९८९ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

एकको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय एक लाख तीन हजार २०९ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३०३ रहेको छ ।

यो पनि – ‘जटिल परिस्थितिको सामना माओवादीले गर्छ’

गण्डकी, ४ मङ्सिर (रासस) : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले देशको जटिल परिस्थितिको सामना नेकपा (माओवादी केन्द्र) ले गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) पोखरा महानगरपालिका–२२ को प्रथम वडा अधिवेशनको आज उद्घाटन गर्दै उहाँले जनआन्दोलनको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि पार्टी कटिबद्ध रहेको बताउनुभयो । पार्टी कुनै पनि आधारमा कमजोर नभएको उल्लेख गर्दै मन्त्री बरालले आगामी निर्वाचनमा जित्ने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका प्रदेश सदस्य केशव पौडेलले पार्टीभित्रका केही नेतामा भएको नराम्रो गतिविधि एवं व्यवहार त्याग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखरा–२२ का पार्टी वडा इन्चार्ज त्रिभुवन पौडेलले पुम्दी भुम्दीवासीको जनजीवनमा परिवर्तन हुने कार्यक्रम ल्याउन मन्त्रीसमक्ष आग्रह गर्नुभयो । पार्टीका पूर्व वडा सेक्रेटरी गोमा पौडेलले माओवादीले बीचमा बाटो बिराउँदा जनतामा केही भ्रम भएको बताउनुभयो ।

माओवादी केन्द्र पोखरा–२२ का अध्यक्ष चण्डीकाप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा तेजप्रसाद बराल, दण्डपानी बराल, भुवानीप्रसाद बराल, मधु बराल, केशव पौडेललगायतलाई अभिनन्दन गरिएको थियो ।