भू–उपयोग नियमावली अन्तिम चरणमा

भू–उपयोग नियमावली अन्तिम चरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भूमि, व्यवस्था, सहकारी तथा गरिशी निवारणमन्त्री शशि श्रेष्ठले भू–उपयोग नियमावली निर्माणको अन्तिम चरणमा पुगेको बताउनुभएको छ । उग्रचण्डी नाला समाजको आज काठमाडौँमा भएको चौथो साधारणसभामा उहाँले भू–उपयोग नियमावली आएपछि खेतीयोग्य जमिनको संरक्षण भई व्यावसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भू–उपयोग नीतिअनुसार कृषियोग्य जमिन र किसानका हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यवसायीकरण, औद्योगिकीकरण र विविधीकरण गर्ने नीतिअनुसार मन्त्रालय कृषियोग्य भूमिको संरक्षण गर्न लागिरहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले भूमिहीन, दलित, सुकुुम्बासी र उपत्यकाभित्र रहेका स्ववासीको समस्या समाधान गर्न आफूूले पहल सुरु गरिसकेको पनि बताउनुभयो । विकास निर्माणका काममा एक भएर लाग्न सबैैलाई आग्रह गर्नुभयो । उहाँले काभ्रेको नाला प्राकृतिक सम्पदा, जैविक विविधता, संस्कृति सम्पदाले महत्वपूर्ण हुँदाहुँदै पनि प्रचार–प्रसार र संरक्षणको अभावमा अगाडि आउन नसकेको भन्दै नालासँगै काभ्रे जिल्लाकै विकासमा आफू सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

यो पनि –  ‘पूर्वीय दर्शन र भौतिकवाद’ विषयक परिचर्चा

पूर्वीय दर्शनका अन्धविश्वासयुक्त पक्षलाई छाडेर वस्तुगत र प्रामाणिक पक्षलाई ग्रहण गरेर समाज विकासको चरणलाई अघि बढाउन माक्र्सवादी चिन्तकले सुझाएका छन् । साहित्य सन्ध्याको मासिक ४२२ औँ शृङ्खलाका अवसरमा आज भर्चुअलरुपमा आयोजित कार्यक्रममा प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष गोपीरमण उपाध्यायले ‘पूर्वीय दर्शन र भौतिकवाद’ विषयमा विचार प्रस्तुत गर्दै पुर्पुरो, परमेश्वर, पुनर्लाेक, पुनर्जन्म र परम्पराजस्ता पाँच अन्धविश्वासयुक्त कारणले समाज परिवर्तन गर्न कठिन भएको हुँदा प्रगतिशील चेतना र वैज्ञानिक शिक्षाका माध्यमबाट जडताको अन्त्य गर्न सकिन्छ भन्ने मान्यता अघि सारिएको बताउनुभयो ।

वैज्ञानिक चेतनामूलक ज्ञानको कमीले अवैज्ञानिक कुरामा विश्वास गर्ने प्रवृत्ति कायम रहेकाले त्यो समाज विकासको बाधक हुने उहाँको टिप्पणी थियो । कार्यक्रममा रश्मी रिमाल, ओमप्रसाद कोइराला, गणेश मार्मिक, महेशराज खरेल, यामप्रसाद न्यौपाने, ललिता दोषी, डा नारायण चौलागाईं, विन्दु अधिकारी ढकाल, भीमकुमारी श्रेष्ठ, दुर्गा नेपाली, परशुराम पराशर, उर्मिला पन्त पाण्डेय, भगतदास श्रेष्ठ, खेमराज निरौला, तीला लेकाली, बेनीबहादुर थापा, तारा गाउँले, लक्ष्मी माली, गोविन्द घिमिरे वेदमणि, जयन्ती स्पन्दन, प्रशान्त खरेल, डा भीम खतिवडा र डा षडानन्द पौडेलले आआफ्ना कविता, गीत, हाइकु, एलाक वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि प्राडा षडानन्द पौडेलले टिप्पणी गर्दैै साहित्य सन्ध्याको अविच्छिन्नता र निरन्तरता आफैँमा उदाहरणीय भएको बताउनुभयो । गोष्ठीका अध्यक्ष राम विनयले स्रष्टाले जहिले पनि सत्यको पक्ष लिनुपर्ने र दासत्वको विरोध गर्दै सांस्कृतिक रूपान्तरणविना समाज रूपान्तरण हुनसक्तैन भन्ने मान्यता बोक्नुपर्ने बताउनुभयो ।