भक्तपुर, ५ मङ्सिर (रासस) : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत यहाँको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिले निर्वाचनको परिणाम शनिबार राति अबेर सार्वजानिक गरेको थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’ को सभापतिमा जयन्द्र खड्का र उपसभापतिमा दिनेश अवाल र रमेश केसी लामिछाने, सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा सञ्जीव पुरी र सरिता थापा निर्वाचित हुनुभएको छ ।
सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘ख’ मा शिवप्रसाद अवाल सभापतिमा निर्वाचित हुनुभएको छ । उपसभापतिमा रामकुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवमा भक्ति अवाल र रुमन श्रेष्ठ तथा सहसचिवमा सिर्जना नागा र झम्केश्वर गणेजु निर्वाचित हुनुभएको छ ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र नं ‘क’ को सभापतिमा प्रदीप कार्की निर्वाचित हुनुभएको छ । उपसभापतिमा शशीकुमार न्यौपाने र भगवान खत्री, सचिवमा राजाराम थापा र सुशीला ढुङ्गेल, सहसचिवमा दीप गिरी र रीता खत्री (कार्की) निर्वाचित हुनुभएको छ ।
निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र नं. ‘ख’ को सभापतिमा ओमप्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ । उपसभापतिमा बच्चुकैलाश बुढाथोकी र राजेन्द्र चक्रधर, सचिवमा प्रेमबहादुर कुट र बालकृष्ण श्रेष्ठ, सहसचिवमा शैलेश श्रेष्ठ र निराकार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
यो पनि –
यो पनि – ‘सहकारीको संरचनाले ग्रामीण उद्योगको विकास गर्ने आधार तय भएको छ’
पाल्पा, ५ मङ्सिर (रासस) : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश देशमा शक्तिशाली हुने आधार रहेको बताउनुभएको छ । उहाँले १२ जिल्लामध्ये छ जिल्ला अन्नभण्डारका रूपमा रहेका र अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता रहेको बताउनुभएको हो ।
बगनासकाली गाउँपालि–८ स्थित बगनासकाली बहुउद्देश्यी सहकारी संस्थाको भवन उद्घाटन गर्दै उहाँले सहकारीको संरचना प्रयोग गरी ग्रामीण उद्योग विकास गर्ने आधार तय भएको बताउनुभयो । उहाँले सहकारीमार्फत ग्रामीण क्षेत्रमा साना उद्योगको स्थापना गर्न सकिने र ग्रामीण क्षेत्रको आर्थिक चलायमान हुने उल्लेख गर्नुभयो ।
सहकारीका माध्यमबाट ग्रामीण क्षेत्रमा सामाजिक एकता कायम गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो सहयोग गरेको मुख्यमन्त्री केसीको भनाइ थियो । विदेश तथा सहरी क्षेत्रमा रहेका युवा जन्मभूमि फर्केर सहकारीका माध्यमबाट स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्ने र त्यसका लागि सरकार लगानी गर्न तयार रहेको उहाँले बताउनुभयो ।
उहाँले प्रदेशभित्रका युवालाई रोजगारी तथा स्वरोजगार सिर्जना गर्न पूँजीको अभाव हुनेलाई दुई प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्न प्रदेश विकास बैंक स्थापना गर्ने तयारीमा सरकार रहेको जानकारी गराउनुभयो । उहाँले त्यसका लागि रु ५० करोड बजेटको व्यवस्था गरिएकोसमेत बताउनुभयो । उहाँले प्रदेश बंैक स्थापनाले यस क्षेत्रमा साना तथा ठूला उद्योग विस्तार हुने बताउनुभयो ।
कार्यक्रम लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सहकारीका माध्यमबाट गरिबी तथा बेरोजगारको समस्या समाधान गरी ग्रामीण क्षेत्र उत्पादनमुखी क्षेत्रका रूपमा बदलिएको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले देशको आर्थिक क्षेत्रलाई गतिशीत बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारीले आर्थिक कारोबारमात्र होइन, नागरिकका आधारभूत आवश्यकता पूरा गर्न पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले सहकारीमा एक हजार ११० शेयर सदस्य रहेको र सदस्यले कृषि तथा पशुपालनका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया