कास्कीमा माओवादी वडा अधिवेशन सम्पन्न

कास्कीमा माओवादी वडा अधिवेशन सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ५ मङसिर(रासस) : यहाँका स्थानीय तहका वडामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएका छन् । पोखरा महानगरपालिका सहित अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ«े गाउँपालिकाका ७२ वडा मध्ये अधिकांशमा शनिबार अधिवेशन गरिएको सो पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही वडामा आन्तरिक तयारी नपुगेकाले अधिवेशन नभएपनि अन्य सबैमा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।उहाँले भन्नुभयो,“पार्टी केन्द्रको निर्धारित कार्यतालिका अनुसारनै जिल्लाका स्थानीय तहका वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएका छन् । केहीमा बाहेक अन्यमा नेतृत्व समेत चुनिएको छ । ”

यो पनि –  बालबालिकालाई फाइजर खोप

काठमाडौं ५ मङ्सिर(रासस) : कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिन शुरु गरिएको छ । कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर माथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि यही मङ्सिर ४ गतेसम्म दिइएको थियो भने दोस्रो मात्रा यही मङ्सिर २७ देखि आगामी पुस २ गतेसम्म दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले फाइजरका लागि तोकिएका गङ्गालाल ह्दयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र निजामती अस्पतालका खोप केन्द्रमार्फत खोप दिने गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार खोपको मात्रा कम भएकाले ती केन्द्रहरुमार्फत आज र भोलि पहिले आउनेलाई प्राथमिकताका आधारमा खोप दिने प्रबन्ध मिलाइएको छ । आजका लागि खोप केन्द्रअनुसार ३०० देखि ४०० खोप पडाइएको उहाँले बताउनुभयो ।

फाइजर खोप लगाउने लक्षित दीर्घ रोगी समूहमा मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका,अङ्ग प्रत्यारोपण गराएका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका र मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्तिहरु पर्दछन् ।

सुरक्षित र प्रभावकारी मानिएको यो खोपको दुबै मात्रा पूरा गरेमा ९५ प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा आठ र उपत्यका बाहिरका १६ गरी कुल २४ अस्पतालमा केन्द्र तोकेर गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको थियो ।