भोजपुर, ५ मङ्सिर (रासस) : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत यहाँको प्रदेशसभा ‘क’ र ‘ख’को नेतृत्व चयन भएको छ । निर्वाचन अन्तर्गत प्रदेश ‘ख’का सभापति पदमा मदन खुलाल सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै समितिको उपसभापतिमा घमचन्द्र दाहाल, भविन्द्र राई, सचिवमा विनम श्रेष्ठ, निम्नुरी शेर्पा र सहसचिवमा प्रलाद थापा, विशुराम राई चयन हुनुभएको छ । प्रदेशसभा ‘क’ मा भने निर्वाचनमामार्फत नेतृत्व चयन गरिएको हो । ‘क’ को सभापतिमा सरोज बस्तेन निर्वाचित हुनुभएको छ । जिल्ला सभापतिमा भने तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । हालका सभापति नन्दमणि राई, विनोद बान्तवा र बालकृष्ण थापाले सो पदमा दाबेदारी प्रस्तुत गर्नुभएको छ ।
यो पनि – कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु
मान्म, ५ कात्तिक (रासस) : कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएको छ । बहिरङ्ग सेवासँगै अस्पतालले दन्त उपचार सेवा पनि थप गरेको हो । जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि वृद्धि भएको छ । पहिला दन्त उपचार सेवा सुरु नहुँदा बिरामीले जानकारी नपाएका कारण छिटपुट मात्र दाँतका बिरामी आउने गरेकामा अहिले दैनिक १५ जनाका दरले दन्त उपचार सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।
दाँतका बिरामीले दैनिक सेवा लिनेको सङ्ख्या वृद्धि भइरहेको दन्त सेवा विभागका प्रमुख डा रोहित गुरुङले बताउनुभयो । “आगामी दिनमा थप एक चिकित्सक आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “बिरामीको चाप पनि बढ्दै गएको छ ।” अस्पतालले दन्त उपचार सेवा दिन सुरु गरेपछि सेवाग्राहीलाई सहज भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा रत्नवीर सुनारले बताउनुभयो ।
“अस्पतालमा दाँतको सेवा लिनेको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ”, उहाँले भन्नुभयो । अस्पतालमा हाल दाँत निकाल्ने, भर्ने, आरसिटी गर्ने, सफा गर्नेजस्ता उपचार सेवा दिइएको छ । आगामी दिनमा दाँत फेर्ने सेवा पनि सञ्चालन गर्ने डा सुनारले बताउनुभयो ।
कालीकोटमा दन्त उपचार सेवा नहुँदा दाँतका बिरामीले उपचारका लागि सुर्खेत नेपालगञ्जलगायत सुविधा सम्पन्न सहरमा जानुपर्ने बाध्यता हटेको खाँडाचक्र नगरपालिका–२ का बिर्ख विकले बताउनुभयो ।



प्रतिक्रिया