जलेश्वरनाथ महादेवको पूजाअर्चना गर्न राष्ट्रपति आउँदै

जलेश्वरनाथ महादेवको पूजाअर्चना गर्न राष्ट्रपति आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाह्रैमास जलमुनि बस्ने महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार यहाँ आउनुहुने भएको छ ।  राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको पूजाअर्चना र दर्शनका लागि जलेश्वर आउने भएपछि उहाँको स्वागत, सत्कार र अभिनन्दन गर्न स्थानीयवासी ै आत्तुर देखिएका छन् । उहाँको स्वागतका लागि जलेश्वर नगरपालिकाले विभिन्न स्थानमा स्वागतद्वारा निर्माण, बाबा जलेश्वरनाथ महादेव मन्दिरलाई सजाउने र राष्ट्रपतिको सम्मान गर्ने कार्यको विशेष तयारी गरेको नगर प्रमुख रामशङ्कर मिश्रले बताउनुभयो ।

जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले उहाँलाई जलेश्वरवासीका तर्फबाट अभिनन्दन गर्दै मायाको चिनो प्रदान गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्नेलगायतका कार्यक्रमका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मेवारी विशेष कार्यदलको रहेको र सम्पूर्ण तयारी पूरा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनुभयो ।

अनादी कालमा जलेश्वर घनाजङ्गल रहेको बेला बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेका बेला स्यवं महादेवले बाबा जगदीशनाथलाई स्वप्न दिएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किम्बदन्ती छ ।

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी (भ¥याग) मुनी जमिनभित्र रहेको छ, जहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको ३६५ दिन जलमै विराजमान रहनुहुन्छ । यस मन्दिरमा भगवान शिवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतिक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।

यो पनि –  राष्ट्रिय जनगणना ः गणकलाई खाना र चिया

राष्ट्रिय जनगणना २०७८ को गणकमा खटिनुभएकी वसन्ती सापकोटा घर घरमा पुगेर तथ्याङ्क लिइरहँदा निकै खुशी मुद्रामा भेटिनुभयो । जनगणनाको काममा खटिँदा कतिपय परिवारबाट आफूले पाइरहेको स्वागत सत्कारको व्यवहारले जनगणना गर्ने काममा हौसला मिलेको उहाँले बताउनुभयो । “आफूले आजसम्म गणना सकेको ९० प्रतिशत घरधुरीमा निकै स्वागत सत्कार भएको पाएँ”, धनगढी उपमहानगरपालिकामा खटिनुभएकी उहाँले भन्नुभयो, “तथ्याङ्क सङ्कलनका क्रममा कतिपयले खाना खुवाएरै पाठाउनुभयो, अन्य कतिपयले चिया खाजा खुवाएर पठाउनुभयो ।”

गणकहरुले गणना गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दा नयाँ अनुभव र राष्ट्रिय जिम्मेवारी पूरा गरिरहेको अनुभूति भइरहेको उहाँले बताउनुहुन्छ । धनगढी –१३ मा खटिनुभएकी गोमाकुमारी नौन्यालले धेरै परिवारबाट तथ्याङ्क लिने काममा सहयोग प्राप्त भइरहेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो,‘‘घरमा पुग्दा धेरै परिवारबाट राम्रो व्यवहार पाएँ, कतिपयवाट भने राष्ट्रिय जनगणनाको महत्व आवश्यकताबारे सम्झाइबुझाइ गर्दा मात्र सोधिएका प्रश्नको उत्तर पाइन्छ ।’’

उहाँले आफ्नो जिम्मामा रहेका जम्मा २२५ घरपरिवारमध्ये अब १५ घर बाहेक सबैको तथ्याङ्क लिइसक्नु भएको छ । बाँकी रहेका घरमा आगामी एक दुई दिनभित्र सक्ने लक्ष्य उहाँको छ । उहाँले अनुभव सुनाउनुभयो,‘‘कतिपय परिवार घरमा नभेटिने, भेटिएका कतिपयले तथ्याङ्क किन लिएको भनी बढी चासो लिने गरेको पाइयो ।’’तथ्याङ्क लिन घरमा जाँदा फेला नपर्ने कतिपय परिवारको घरमा भने पटक–पटक पुग्नु परेको गणकको भनाइ छ । घरपरिवारका सदस्य बिहानै काममा घरबाट निस्किएर साँझ मात्र फर्किने गर्दा कतिपय घरमा मान्छे नभेटिने गरेको बताइएको छ ।

गणक वसन्तीले कतिपय परिवारका मान्छेले गणनाका क्रममा गरिने प्रश्नको जवाफ दिने क्रममा आफूहरुलाई पनि पैसा मिल्ने हो कि भन्ने जिज्ञासा राख्ने गरेको अनुभव सुनाउनुभयो । जिल्ला जनगणना कार्यालय कैलालीका प्रमुख सुरेन्द्र रावलले जनगणनाको कार्य उत्साहपूर्वक भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘तराईका क्षेत्रमा प्रत्येक गणकलाई २५० घर नबढ्ने गरी र भौगोलिक रुपमा विकट र पहाडी क्षेत्रमा १९० घर नबढ्ने गरी गणना गर्न जिम्मेवारी दिइएको छ ।’’ घरमा आउने गणकले घरपरिवारलाई मुख्य र सहायक प्रश्न गरी ८० वटा प्रश्न सोधेर तथ्याङ्क सङ्कलन गर्ने गरेका छन् । गणकले घरपरिवारका सदस्यको नाम, उमेर, जन्म मिति, परिवारका सदस्य सङ्ख्या, धर्म, पुख्र्यौली भाषा, मातृ भाषा, अपाङ्गता भए नभएको, शैक्षिक योग्यता, बसाइँसराइ गरे नगरेको जस्ता प्रश्न सोध्ने गरेका छन् ।

यस्तै अपनाएको पेशा व्यवसाय, घरमा इन्टर नेट, रेडियो, टिभी, खानेपानीको सुविधा भए नभए, विवाह गर्दाको उमेर, घर संरचना, दर्ता नभएका उद्योग व्यवसाय, गएको एक वर्षमा परिवारका सदस्यमा कसैको मृत्यु भए नभएको, महिलाका नाममा जग्गा भए नभएको, आदि विषयमा तथ्याङ्क लिने गरेका छन् ।बाह्राँै राष्ट्रिय जनगणना अन्तर्गतको मूल गणनाको काममा खटिएका गणकले गएको कात्तिक २५ देखि घर घरमा पुगेर घरपरिवारको तथ्याङ्क लिइरहेका छन् । मूल गणनाको काम यही मङ्सिर ९ सम्म गरिने कार्यतालिका छ । यसअघि गएको भदौ र असोजमा राष्ट्रिय जनगणना अन्तर्गत खटिएका सुपरीवेक्षकद्वारा घरपरिवारको सूचीकरणको कार्य गरिएको थियो ।

सहरी क्षेत्रको तुलनमा ग्रामीण वडाका घरपरिवारमा गणनासम्बन्धी तथ्याङ्क लिने कार्य गर्न केही कठिन भइरहेको बताइएको छ । जनगणनाका बारेमा सहरका बासिन्दा जानकार रहेपनि ग्रामीण क्षेत्रका धेरै बासिन्दा त्यति जानकार नभएको बताइएको छ । यसअघि गरिएको घरपरिवारको सूचीकरणका क्रममा घरको किसिम, अवस्था, परिवारको सङ्ख्या, घरपालुवा पशु चौपायाको सङ्ख्या लगायतको विवरण लिइएको थियो ।

अहिलेको जनगणनामा गणना गरिने व्यक्तिको बैंक खाता भएनभएको विवरण सङ्कलनका साथै नेपालभरी भएका घरसंरचना के कस्तो काममा प्रयोग भइरहेका छन् भन्ने विवरण पहिलो पटक सङ्कलन गर्न लागिएको जनाइएको छ । यस्तै यो जनगणनामा देशमा बोलिने भाषाको हकमा पुख्र्यौली भाषाको पाटो थपिएको छ । यस अघिका जनगणनामा मातृ भाषा र अन्य भाषा भन्ने विवरण मात्र सङ्कलन हुने गरेको थियो ।

यसैबीच राष्ट्रिय योजना आयोगको एक टोली सुदूरपश्चिम प्रदेशमा भइरहेको जनणना कार्यको स्थलगत अवलोकन गरी फर्किएको छ । मूल गणनाको काम सकिएको तीन महिनाभित्रमा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा र छ देखि नौ महिनाभित्रमा पूर्ण नतिजा आउन सक्ने बताइएको छ । नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरिएको छ । नेपाल पहिलो पटक विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना गरिएको थियो । पछिल्लो पटक विसं २०६८मा गरिएको राष्ट्रिय जनगणनामा नेपालमा दुई करोड ६४लाख ९४हजार ५०४ लाख व्यक्तिको गणना गरिएको थियो ।