युवा सङ्घद्वारा ६० जिल्लामा कमिटी विस्तार

युवा सङ्घद्वारा ६० जिल्लामा कमिटी विस्तार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट युवा सङ्घले ६० जिल्लामा कमिटी गठन गरेको छ । बाँकी ११ जिल्लामा सदस्यता वितरण गरी चाँडै कमिटी गठन गरिने जनाइएको छ ।

देशभर सङ्गठन निर्माण गरी युवा विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको उल्लेख गर्दै सङ्घले नगर तथा वडामा सङ्गठन निर्माण गर्नेक्रम जारी रहेको जनाएको छ । अहिलेसम्म पूर्वाञ्चल र गण्डकीमा भेला सम्पन्न गरेको सङ्घको वाग्मती प्रदेश भेला सोमबार काठमाडौँमा हुन लागेको बताइएको छ ।

सङ्घका इञ्चार्ज दीलकुमारी पन्तले मुलुकमा शान्ति, सुशासन, स्थायित्व कायम गर्न देशव्यापी प्रशिक्षण, विभिन्न सन्देशमूलक अभियानलगायत राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

भ्रटाचारमुक्त समाज निर्माणका लागि खबरदारी, सभा, गोष्ठी, मूल्यवृद्धिविरुद्ध रचनात्मक कार्य गर्दै आएको सङ्गठनले विभिन्न स्थानमा सरसफाइसमेत गरेको छ । परिवर्तित अवस्थामा साङ्गठनिक गतिविधि गर्नुपरेका कारण तथा नयाँ पार्टी निर्माणको औचित्यबारे स्थानीय तहदेखि नै जनतलाई बुझाउने, उनीहरुका समस्यालाई केन्द्रमा राखेर समाधानका लागि समन्वय गर्ने कार्यमा सङ्घ क्रियाशील रहेको जनाइएको छ ।

समाजमा विकास र समृद्धि प्राप्तिका लागि युवा लक्षित कार्यक्रम तय गर्न सबै प्रदेशले आआफ्नो विशेषता तथा आवश्यकताअनुसार कार्य योजना बनाइरहेको सङ्घका अध्यक्ष नरेश शाहीले बताउनुभयो ।

यो पनि – दशौँ महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुनेछ : प्रवक्ता ज्ञवाली

नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आउँदो दशौँ राष्ट्रिय महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुने बताउनुभएको छ ।प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आज ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक आयोजना गरेको कार्यक्रममा उहाँले नीतिका बारेमा विधान महाधिवेशन गरेसकेकाले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने बताउनुभयो । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

उहाँले विधान महाधिवेशनले नीतिगतरुपमा पार्टीलाई एकताबद्ध बनाएको बताउनुभयो । “नीतिमा एकता नै पार्टीमा एकता हो, हामी नीतिमा एकताबद्ध भइसकेका छौँ”, उहाँले भन्नुभयो, “सेती र त्रिशूली नदीको पानी फरकफरक धारबाट बगे पनि नारायणीमा पुग्दा एउटै धारमा देखिए झैँ नारायणी किरानामा हुने महाधिवेशन एकताको महाधिवेशन हुनेछ ।”

उहाँले पार्टीको नीतिले मुलुकको लोकतन्त्र र दूरगामी प्रभाव पार्ने भएकाले एमालेको नीतिमा सबैको चासो रहेको उल्लेख गर्दै भन्नुभयो, “तर हामीले दुई महिना अगाडि सम्पन्न गरेको विधान महाधिवेशनमार्फत हाम्रो सिद्धान्त कार्यक्षेत्र र नीति सबै सार्वजनिक गरिसकेका छौँ, अबको प्राथमिकता के हो भन्नेबारेमा दस्तावेज पारित गरेका छौँ, त्यसैले अब एकताको र नयाँ सङ्कल्पको महाधिवेशन हुनेछ ।”

“यति ठूलो पार्टीमा १५ जना पदाधिकारी र २२५ केन्द्रीय सदस्यका रुपमा सबै साथी अटाउन सम्भव छैन, त्यसैले हामी हरसम्भव सहमतिका आधारमा नेतृत्व चयन गर्दछौँ”, उहाँले भन्नुभयो, “सम्भव नभए स्वच्छ र व्यक्तिगत प्रतिस्पर्धा गरी नेतृत्व चयन हुन्छ, अहिले विधानमा हेरफर हुँदैन ।”उहाँले सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशन केन्द्रित प्रचारप्रसारलाई तीव्रता दिइएको बताउनुभयो ।

उहाँले उद्घाटन सत्रमा देश विदेशमा रहेका सञ्चारमाध्यममा प्रत्यक्ष प्रचार गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । नारायणी नदीको किनारामा सबै सञ्चारमाध्यमलाई प्रत्यक्ष प्रसारण गर्न सिग्नल उपलब्ध गराइने उहाँको भनाइ छ । चौतारीका उपत्यका अध्यक्ष हेमराज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, पूर्वमहासचिव प्रमोद दाहाल, उपाध्यक्ष गणेश पाण्डे, उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेलगायतको सहभागिता थियो ।