सुब्बाको अध्यक्षता एकीकृत स्वास्थ्यकर्मी सङ्गठन गठन, घोषणापत्र जारी

सुब्बाको अध्यक्षता एकीकृत स्वास्थ्यकर्मी सङ्गठन गठन, घोषणापत्र जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुरको बोडेमा आयोजना भएको दुईदिने राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको राष्ट्रिय भेलाले भक्तिमान सुब्बाको अध्यक्षतामा १५१ सदस्यीय ‘एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपाल’ गठन गरेको छ ।  भेलाले सङ्गठनको नाम परिवर्तन गरी एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपाल राखिएको अध्यक्ष सुब्बाले बताउनुभयो । एकीकृत नेकपा समाजवादीको अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सुरु भएको भेलाले सुब्बाको नेतृत्वमा नयाँ सङ्गठन गठन गरेको हो । भेलाले सङ्गठनको उपाध्यक्षमा डा कृष्णगोपाल महर्जन, महासचिवमा तोप थापा र महिला उपाध्यक्ष राधा सिलवाललाई चयन गरेको छ । भेला बोलाउँदा राष्ट्रिय स्वास्थ्यकर्र्मी सङ्घ नेपालको ब्यानरमा गरिए पनि सम्पन्न हुँदा भने एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको नाममा सम्पन्न भएको अध्यक्ष सुब्बाले बताउनुभयो । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ विसं २०६३ मा स्थापना भएको थियो

पेसागत मुद्दाहरु उठानका लागि नै भेला गरिएको र कर्मचारी सङ्गठन पार्टी निकट शुभेच्छुकका रुपमा मात्र रहने अध्यक्ष सुब्बाले बताउनुभयो । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ट्रेड युनियनका रुपमा एमाले निकट रहँदै आएको छ । देशभरबाट आएका सङ्घ सम्बद्ध २०० स्वास्थ्यकर्मीको प्रतिनिधिमूलक भेलाबाट बनेको एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालले २३ बुँदे बोडे घोषणापत्रसमेत जारी गरेको सङ्गठनका नवनिर्वाचित उपमहासचिव जनक अधिकारीले बताउनुभयो ।

घोषणापत्रमा स्थानीय तहमा समायोजन भएका सबै स्वास्थ्यकर्मीलाई प्रदेशअन्तर्गत राख्नुपर्ने, स्थानीय तहमा स्वास्थ्यकर्मीले पाएका अनावश्यक दुःखलाई सम्बोधन गर्नुपर्ने, स्वास्थ्य सेवालाई संविधानको मौलिक हकका रुपमा राखिए पनि जनताले हकअनुसार सुविधा नपाएकाले स्वास्थ्य क्षेत्रमा दरबन्दी र स्रोतसाधन बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई उत्प्रेरित र उत्साहपूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने, ठाउँठाउँमा आकस्मिक सेवा दिने अस्पताल बनाउनुपर्ने र स्वास्थ्य बीमामा रहेका विकृति अन्त्य गरी सबै जिल्लामा प्रभावकारी रुपमा बीमा योजना लागू गर्नुपर्ने मागसहित घोषणापत्र जारी गरिएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।

यो पनि –  रेबिजविरुद्धको खोप निःशुल्क

कोसी अस्पताल विराटनगरमा आजदेखि कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको खोप निःशुल्क लगाउने भएको छ । सरकारले कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ खोप निःशुल्क लगाउन भनेपछि आजदेखि सुरु गरिएको अस्पतालका प्रमुख चुमनलाल दासले जानकारी दिनुभयो । हाल यो सेवा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र निःशुल्क उपलब्ध छ । राजधानीबाहिरका निजी अस्पतालमा उपलब्ध भए पनि त्यसका लागि चर्को शुल्क तिर्नुपर्ने अवस्था छ । यसका लागि अस्पतालबाहिर रु १२ हजारसम्म शुल्क तिर्नुपर्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आज आयोजित नियमित कार्यालय प्रमुखको बैठकमा डा दासले अस्पतालमा अहिले २४९ जनाको दरबन्दी मात्र रहेको तर नियमित आउने बिरामीको चापले गर्दा उपलब्ध जनशक्तिले सर्वसुलभ सेवा प्रदान गर्न समस्या देखिएको बताउनुभयो । उहाँले अस्पतालमा नियमित एक हजार हाराहारीमा बिरामी आउने गरेका छन् । उपयुक्त दरबन्दी बिना कसरी सेवा प्रदान गर्नु अस्पतालको ठूलो समस्या रहेको उहाँले बताउनुभयो । उहाँले पूर्व क्षेत्रको पहिलो ठूलो यो अस्पताललाई स्तरोत्रति गर्ने कार्य सुरु भएको भए पनि निर्माण कम्पनीले धिमा गतिमा काम गरिरहेको बताउँदै अस्पतालभित्र छिर्न चौतर्फी बाटोहरु रहेकाले यसभित्रको सामान उपकरणको सुरक्षामा पनि समस्या देखिएको छ भत्रुभयो ।

नियमति बैठकमा कार्यालय प्रमुखहरुले आ–आफ्ना समस्या राखिरहँदा जिल्लामा बाटो निर्माण गर्दा बिजुलीको पोल सार्नु पर्ने, जिल्लामा भइरहेको निर्माणका कार्यमा निर्माण कम्पनीले समयमा काम सम्पत्र नगर्ने समस्या रहेको र विराटनगर महानगरपालिकाभित्र फोहोरको समस्या रहेको बताएका थिए । विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत उमेश बस्नेतले विराटनगरको विकास खासै उत्साहजनक नरहेको बताउँदै महेन्द्र चोकदेखि ट्राफिक चोकसम्म भारतको सिक्किमस्थित एमजी रोडजस्तै निर्माण गर्ने कार्य सुरु भइसकेको जानकारी दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जनतालाई केन्द्रविन्दु मानेर दत्तचित भई काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले प्रत्येक कार्यालयले सूचनालाई व्यवस्थित गर्न निर्देशन दिँदै राष्ट्रसेवक कर्मचारीप्रति जनताको नकारात्मक सोचलाई सकारात्मकमा बदल्न सबैले आ–आफ्नो तहबाट राम्रो काम गर्नुपर्ने सुझाव दिनुभयो । प्रजिअ दाहालले प्रजिअ दाहालले यो पेसा र सेवालाई बाहिरका मानिसले होइन, तपार्इं हामीले नै मिलेर स्वच्छ र राम्रो बनाउनुपर्ने जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो ।