विद्यालय तहका पाठ्यक्रममा खेललाई समेट्नुपर्छ ः अध्यक्ष ओली

विद्यालय तहका पाठ्यक्रममा खेललाई समेट्नुपर्छ ः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विद्यालय तहका पाठ्यक्रममा खेललाई समेटिनुपर्नेमा जोड दिनुभएको छ । पार्टीनिकट नेपाल खेलकुद महासङ्घले आज आयोजना गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका नीतिको समग्र नीतिबाट राष्ट्रिय विकास नीति बन्ने भएकाले खेल क्षेत्रको नीति तर्जुमा लागि उत्तिकै ध्यान दिन पनि आग्रह गर्नुभयो । उहाँले खेलाडीले खेलमा भन्दा बढी बाँच्नका लागि गाँसको खोजीमा बढी ध्यान दिनुपर्दा खेल क्षेत्रको विकास हुन नसकेको बताउनुभयो ।

“आफ्नो क्षेत्रमा भन्दा बढी गाँस र बासको व्यवस्थामा बढी ध्यान दिनुपर्ने बाध्यात्मक अवस्थाले खेल क्षेत्रको विकास हुन नसकेको हो”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले आफ्नो क्षेत्रमा बढी लगाव, अभ्यास र अध्ययनबिना प्रगति हुन नसक्ने भन्दै खेल क्षेत्रको विकासका लागि खेलाडीको गाँस र बासको चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । हरेक मौसममा सबै खेल खेल्न र अभ्यास गर्ने नेपालको भौगोलिक वातावरण रहेको भन्दै अध्यक्ष ओलीले खेल क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

यो पनि – कांग्रेस महाधिवेशनका लागि गठित आर्थिक समिति विस्तार

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा सदस्यहरु मनोनयन गरिएको छ । आर्थिक समितिका संयोजक एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार सल्लाहकार र १० सदस्य गरी १४ जनालाई समितिमा मनोनयन गर्नुभएको हो ।

पार्टीको कात्तिक २८ गते बसेको केन्द्रीय समितिको बैठकले सञ्चारमन्त्री कार्कीलाई महाधिवेशन आर्थिक समितिको संयोजकको जिम्मेवारी दिएको थियो । मनोनयन हुने सदस्यमा दीपक खड्का, उमेश श्रेष्ठ, जीपछिरिङ लामा, मोहन आचार्य, इन्द्र बानियाँ, अनिल रुङ्गटा, महेश जाजु, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डेलाई हुनुहुन्छ ।

यसैगरी, सल्लाहकारमा विनोद चौधरी, दीपकुमार उपाध्याय, दिव्यमणिराज भण्डारी र पाल्देन गुरुङ मनोनयन हुनुभएको छ । समितिले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने खर्च जुटाउने समितिका सदस्य दीपक खड्काले राससलाई जानकारी दिनुभयो ।